१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना बढ्यो, नेपालमा त्रास



अ+ अ-

काठमाडौँ । भारतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको प्रकोप बढेको छ । पछिल्ला हप्ताहरुमा कोरोनाको प्रकोप लगभग प्रभावहीन भएका अवस्थामा अहिले केही दिनयता भने यहाँ कारोना भाइरसका संक्रमितहरु बढ्दै गएको पाइएको छ ।

नेपालसँग बढी सम्पर्क रहेका स्थानहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा कोरोना भाइरको प्रकोप बढ्दै गएको छ । जसका कारण यहाँका सरकारहरुले आवश्यक मापदण्डहरु अपनाउन थालिएको छ । तर यहाँ लकडाउन नै अहिले गर्ने विषयमा भने छलफल भएको छैन । यहाँ एकै दिनमा २ हजार १८३ जना कोरोनाका संक्रमित भेटिएका छन् । एकै दिनमा ९० प्रतिशतभन्दा बढी मात्रामा कोरोना बढेको देखिएको बताइएको छ । यहाँ आवश्यक कडाइको प्रक्रिया थालिएको छ ।

भारतमा यसरी कोरोन बढेपछि यता नेपालामा पनि चस्को पसेको छ । नेपालमा अझै पनि एक चौथाइले कुनै खोप लिएका छैनन् । पूर्ण खोप लिएकाले पनि लामो समयसम्म नलिँदा समस्या बढ्ने गर्दछ । पछिल्लो समयमा नेपामला खोप लिनेमा सुस्तता देखिएको छ । विगतमा पनि उता भारतमा कोरोना बढेसँगै नेपालमा पनि बढेको थियो । यसअघिका सबै लहरहरु भारतबाटै आएकाले यता पनि त्यस्तै हुनसक्ने भन्दै त्रास बढेको देखिएको छ ।