२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना बढ्यो, नेपालमा त्रास



अ+ अ-

काठमाडौँ । भारतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको प्रकोप बढेको छ । पछिल्ला हप्ताहरुमा कोरोनाको प्रकोप लगभग प्रभावहीन भएका अवस्थामा अहिले केही दिनयता भने यहाँ कारोना भाइरसका संक्रमितहरु बढ्दै गएको पाइएको छ ।

नेपालसँग बढी सम्पर्क रहेका स्थानहरु नयाँ दिल्ली र उत्तर प्रदेशमा कोरोना भाइरको प्रकोप बढ्दै गएको छ । जसका कारण यहाँका सरकारहरुले आवश्यक मापदण्डहरु अपनाउन थालिएको छ । तर यहाँ लकडाउन नै अहिले गर्ने विषयमा भने छलफल भएको छैन । यहाँ एकै दिनमा २ हजार १८३ जना कोरोनाका संक्रमित भेटिएका छन् । एकै दिनमा ९० प्रतिशतभन्दा बढी मात्रामा कोरोना बढेको देखिएको बताइएको छ । यहाँ आवश्यक कडाइको प्रक्रिया थालिएको छ ।

भारतमा यसरी कोरोन बढेपछि यता नेपालामा पनि चस्को पसेको छ । नेपालमा अझै पनि एक चौथाइले कुनै खोप लिएका छैनन् । पूर्ण खोप लिएकाले पनि लामो समयसम्म नलिँदा समस्या बढ्ने गर्दछ । पछिल्लो समयमा नेपामला खोप लिनेमा सुस्तता देखिएको छ । विगतमा पनि उता भारतमा कोरोना बढेसँगै नेपालमा पनि बढेको थियो । यसअघिका सबै लहरहरु भारतबाटै आएकाले यता पनि त्यस्तै हुनसक्ने भन्दै त्रास बढेको देखिएको छ ।




भर्खरै