२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा अड्कियो गठबन्धनको गाँठो: देउवालाई सकस, आज पुनः बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ गठबन्धनको गाँठो पोखरा महानगरमा पुगेर अड्किएको छ । देशभरका ६ वटा महानगरपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट गर्ने क्रममा पोखरा महानगर कसले पाउने भन्नेमा पुगेर अड्किएको हो ।

खासगरी पोखरा महानगरमा नेपाली कांग्रेस र नेकपा एस दुवैले दाबी गरेपछि विवाद उत्पन्न भएको हो । सोमबार दिनभर बालुवाटारमा भेला भएर छलफल गर्दा पनि यस विषयमा सहमति जुट्न सकेन । त्यसपछि मंगलबार विहान साढे ११ बजे बस्ने गरेर शीर्ष नेताहरु उठेका समाचारमा जनाइएको छ ।

हिजोको बालुवाटार बैठकमा ६ वटा महानगरको भागवण्डा मिलाएर उपमहानगरमा प्रवेश गर्ने भनिएको थियो । जसअनुसार ५ वटा महानगरको भागवण्डामा भने सहमति नजिक पुगेको बताइएको छ । जसअनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर पाउने प्रारम्भिक सहमति भएको छ । तर पोखरामा भने नेकपा एसको दाबी छ ।

यसअघि एमालेले जितेका स्थानमा आफूहरुको दाबी हुने नेकपा एसले यसअघि नै भनेको थियो । त्यसमा कांग्रेसले पनि दाबी गरेको छ । कांग्रेसले यसअघिको मत परिणामका आधारमा यहाँ आफ्नो दाबी प्रस्तुत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई पोखरा कुनै पनि हालतमा नछोड्न पोखराका नेता कार्यकर्ताहरुबाटै दबाब छ ।

उनीहरुले कुनै पनि हालतमा पोखरा नछोड्न भनिरहेका छन् । जसका कारण सभापति देउवा पनि अप्ठेरोमा परेको बुझिएको छ । यसका लागि आज नै बैठक बस्ने भनिएको छ । एकजना कांग्रेस नेताले भने– हामी आज बैठक गरेर यो विषयमा टुंग्याउने छौँ । उनका अनुसार आजको बैठकले उपमहानगर पनि आजको बैठकमा टुंग्याइने छ ।