१९ पुष २०८१, शुक्रबार
,
Latest
१९ वर्षमा ४१ प्रतिशत प्रगति, साढे सात अर्बको लागत ५३ अर्ब पुग्यो आज देशभरको मौसम सफा रहने पूर्वानुमान बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने: खानेपानीमन्त्री प्रदीप यादव प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता चिसो मौसममा आज अकस्मात किन तात्यो राजनीति ? ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड ‘जुझारु’ नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी जेल परे पनि अवज्ञाकारी विधेयक, कानून निर्माण सहजिकरण कार्यदल बैठकः विचाराधिन विधेयक सम्बन्धमा दुई दलले फोकल पर्सन तोक्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऊर्जामन्त्री भुसालसँग एडीबीका उपाध्यक्षको भेट



अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न आयोजनाको कार्यान्वयनको अवस्थाबारे विचारविमर्श भएको थियो । सो अवसरमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा ऊर्जा उत्पादन र वितरणमा महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । ऊर्जा एवं सिँचाइ क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तरराष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको उहाँको भनाइ थियो ।

पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य सुरु भई विद्युत् व्यापार सुरु भएको उल्लेख गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीयस्तरमा व्यापार गर्न सकिने नीतिगत बाटो खुलेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ । केही वर्षभित्र नै हामीले ती देशमा विद्युत् निर्यात गर्ने अवस्था आउँछ ।”

आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत् उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री भुसालले जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्न एडीबीलाई आग्रह गर्नुभयो । उहाँले पूर्व–पश्चिम प्रशारण लाइन निर्माणमा पनि एडीबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा एडीबीका उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत् व्यापार नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “भारतसँग ३६५ मेगावाट विद्युत् व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण खुड्कीला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु ।”

जलविद्युत् र जलस्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडिबीको लगानी रहेका महत्वपूर्ण १० आयोजनाको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालीरहेको बताउनुभयो । उहाँले विद्युत्को आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालित उद्योगलाई विद्युत्ले प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा मन्त्रालयका तर्फबाट सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एडीबीका तर्फबाट नेपालका लागि देशीय निर्देशक आरनौड काउसिसलगायत उच्च अधिकारीको सहभागिता थियो ।