९ भाद्र २०८३, मंगलवार
,
Latest
१७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता सगरमाथा आरोही सङ्घको अध्यक्षमा पोखरेल निर्वाचित सूचना प्रविधि क्षेत्र लगानी बढाउनुहोस्, सरकार साथमा छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले युवाको उत्साह, अनुभव र विधिको शासन विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल पिकलबल विश्वकप: नेपाली टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यालेक्सी सिरिजमा एफ-४२ सामसुङको यस्तो छ फिचर



अ+ अ-

काठमाडौं । सामसुङले आफ्नो ग्यालेक्सी एफ सिरिजअन्तर्गत लेटेस्ट स्मार्टफो- ग्यालेक्सी एफ-४२ लन्च गरेको छ । टुवेल्भ फाइभ-जी ब्यान्ड सपोर्ट गर्ने यो फोन हाललाई दुई भेरियन्टमा उपलब्ध हुनेछ जसमा ६ जीबी र्‍याम प्लस १२८ जीबी इन्टरनल स्टोरेज तथा ८ जीबी र्‍याम प्लस १२८ जीबी इन्टरनल स्टोरेज रहने बताइएको छ । यो फोनको अन्तर्राष्ट्रिय बजार मुल्य ३३ हजार आसपास रहनेछ ।

फिचर र स्पेसिफिकेसन
ग्यालेक्सी एफ-४२ मा फुल एचडी प्लस इनफिनिटी भी डिस्प्ले दिइएको छ । यो डिस्प्ले वाटरड्रप न्याच डिजाइनका साथ तयार गरिएको छ जसको रिफ्रेस रेट ९० हर्ज छ ।

प्रोसेसरतर्फ यो फोनमा मिडियाटेक डाइमेन्सिटी ७०० शोसी चिपसेट प्रयोग भएको छ । फोटोग्राफीका लागि यो फोनमा एलईडी फ्लास र ट्रिपल रियर क्यामेरा दिइएको छ जसमा ६४ मेघापिक्सलको प्राइमरी लेन्स जडान गरिएको छ । यसको क्यामेरा नाइट मोड फिचरले सुसज्जित छ ।

साइड-माउन्टेड फिङरप्रिन्ट सेन्सर भएको यो फोनमा ५ हजार एमएएचको ब्याट्री उपलब्ध हुन्छ जुन फास्ट चार्जिङ सपोर्टका साथ प्राप्त हुनेछ । कनेक्टिभिटीका लागि यो फोनमा १२ ब्यान्ड फाइभ-जीका साथ ३.५ एमएमको हेडफोन ज्याक र यूएसभी टाइप सी पोर्ट दिइएको छ ।