१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराइएको छ ।

सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग राखेर आएका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनलाई पनि वर्गीकरणमा गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा एक प्रतिनिधिमण्डलले सञ्चारग्रामस्थित काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई भेट गरी विगत दुई वर्षका पत्रपत्रिका वर्गीकरण पूर्णरुपमा न्यायोचित गर्नुपर्ने र पुनरावलोकनमा परेका निवेदनमाथि सुनुवाइको नतिजा चाँडै सार्वजनिक गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराएको हो ।

विभिन्न समयमा भएका लोकतान्त्रिक आन्दोलनमा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहेको, जनतालाई सही सूचना र विचार प्रदान गर्ने माध्यम आमसञ्चार नै भएको उल्लेख गरिएको ध्यनाकर्षणपत्रमा लोकतन्त्रको स्थापनापछि राज्यले लोकतन्त्रलाई बलियो बनाउन सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन दिने नीति बनाउन भनिएको छ ।

अध्यक्ष श्रेष्ठले विगतमा काउन्सिलले गरेको वर्गीकरण पक्षपातपूर्ण भएको गुनासो आइरहेका अवस्थामा वर्गीकरण न्यायपूर्ण हुनुपर्ने आवाज श्रमजीवी पत्रकारले उठाइरहेकाले पनि वर्गीकरणलाई निष्पक्ष तथा थप प्रभावकारी बनाई सञ्चारमाध्यमको संरक्षण गर्नु काउन्सिलको दायित्व भएको बताउनुभयो । उहाँले नतिजा प्रकाशनमा ढिलो हुँदा चालु आर्थिक वर्षका लागि वर्गीकरणको फर्म भर्ने निवेदनको सूचना निकाल्न ढिलाई भएकाले सूचना चाँडै निकाल्न काउन्सिलको ध्यानाकर्षण गराउनजुभयो ।

सङ्गठनको गत चैत १२ र १३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको विस्तारित बैठकमा पनि वर्गीकरण पक्षपातपूर्ण भएकाले व्यवस्थित गर्न सुझाव गरिएको थियो ।

उक्त पत्र बुझेपछि काउन्सिलका अध्यक्ष बस्नेतले सङ्गठनले लामो अध्ययन र अनुसन्धान गरी उपलब्ध गराएको सुझावले समग्र सञ्चार जगतको कल्याण हुने बताउँदै वर्गीकरणलाई विवादरहित बनाउन आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।