२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरमा गठबन्धन टुट्यो, कास्की कांग्रेसले नेकपा एससँग तालमेल नगर्ने



अ+ अ-

काठमाडौं । पोखरा महानगरको मेयर कुनै पनि हालतमा नछाड्ने भन्दै केन्द्रमा दबाब बनाइराखेको नेकपा एकीकृत समाजवादीसँग नेपाली कांग्रेसले तालमेल टुटाएको छ ।

मेयर दाबी गरेको पोखरा महानगरमा कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन नगर्ने निर्णय गरेको हो ।

जिल्ला कार्यसमिति कास्कीले एक विज्ञप्ति जारी गर्दै नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय गरेको जनाएको छ ।

सहमतिका लागि अन्तिम समयसम्म प्रयास गर्दा पनि सम्भव नभएपछि नेकपा एससँग गठबन्धन गरेर चुनावमा जान नसकिने निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ ।

चुनावी तालमेलका लागि अन्य दलसँग छलफल गर्न सकिए पनि नेकपा एससँगै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्नुको विकल्प नभएको कास्की कांग्रेसले प्रस्ट पारेको छ । नेकपा एसले गठबन्धन हुँदा पोखरा महानगरपालिकामा मेयरको दाबी गर्दै आएको छ ।