४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

देशैभरिका साथीहरुको मत तालमेल गर्नु हुँदैन भन्ने छ: गगन थापा

देशैभरिका साथीहरुको मत तालमेल गर्नु हुँदैन भन्ने छ: गगन थापा
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशभरिका नेता कार्यकर्ताले चुनावमा तालमेल गर्नु हुँदैन भन्ने पक्षमा रहेको बताउनु भएको छ । काठमाडौं क्षेत्र नं. ४ मा कांग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफुले पछिल्लो साता ५० भन्दा बढी जिल्लाका नेता कार्यकर्तासँग कुराकानी गर्दा सबैले चुनावमा तालमेल नगर्न सुझाब दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘देशैभरिका साथीहरुले तालमेल गर्नु हुँदैन भन्ने मत राखिरहनुभएको छ । बरु हार्नु परे हारौँला, तर रुखबाहेकमा भोट हाल्दैनौँ भनेर फोन आउँछ । हुन पनि हो, दलीय व्यवस्थामा निर्वाचनपछि दलहरु मिलेर सरकार बनाउने कुरा स्वीकार्न सकिन्छ । तर, निर्वाचनमा नै तालमेल गर्नुहुदैन, किनभने यो विचार जोडिएको कुरा हो,’ थापाले भने, ‘यस्तो अवस्थामा अहिले हामीले केन्द्रबाट गठबन्धन थोपर्‍यौँ भने त्यसको नतिजा हामीले सोचेको भन्दा फरक आउन सक्छ ।  मैले गठबन्धन र पार्टीको शीर्ष बैठकमा यही कुरा राख्दै आएको छु । अहिले बस्ने बैठकमा पनि म यही कुरा राख्छु ।’

प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले भन्नुभयो ‘अब धेरै दिन छैनन् । हामीले उम्मेदवार चयनमा ढिला गरिसक्यौँ । गठबन्धन हुने कुरा नभएको भए हामीले चैत्र मसान्तभित्रै उम्मेदवारको टुंगो लगाइसक्थ्यौँ,’ उनले भने, ‘तर गठबन्धनको कारण केही ढिला भएको छ । अब एक दुई दिनभित्रै उम्मेदवारको टुंगो लगाएर टोल टोलमा मतदातामाझ जानुहोस् । मनोनयन दर्तापछिको प्रचारका लागि पर्याप्त छैनन् ।’

सत्तागठबनधनका बीच भागबण्डाको बिषयमा रस्साकस्सी हुँदा महामन्त्री थापाको यस्तो प्रतिक्रिया आएको हो ।