• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक

‘प्रेमगन्ज’को कवितामय टिजर सार्वजनिक, टिजर सेयर गर्नेलाई पुरस्कार पाइने



काठमाडौँ । भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ले ठीक तीन महिनाअघि टिजर सार्वजनिक गरेको छ । निर्माण टिमले राजधानीमा शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको टिजर सार्वजनिक गरेको हो ।

सञ्जय लामाले खिचेका सुन्दर दृश्यमा कविता र चरित्रलाई एकाकार गराउँदै निर्देशक परिच्छेद सेनले दर्शक उत्सुक बनाउने टिजर सार्वजनिक गरेका छन् । टिजरले फिल्म प्रेमकथा भएको र फिल्ममा दुई पुस्ताको प्रेमकथा भएको छनक दिएको छ ।

टिजरमा सुरक्षा पन्त र बेनिशा हमालसँगै नव प्रवेशी तेज गिरीको प्रभावशाली उपस्थिति महसुस गर्न सकिन्छ । टिजरमा बाल कलाकार राइडर प्रशान्त र सिमरन खड्काको पनि अभिनय अटाएको छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई परिच्छेद सेनले नै लेखेका हुन् । निर्माण टिमले फिल्मको टिजर कपिराइट फ्रि रहने जनाएको छ । यति मात्र होइन निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ । यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ ।

श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।

फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

यस्तै, फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

<iframe width=”727″ height=”409″ src=”https://www.youtube.com/embed/eDsBZ-vrqnc” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>