१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रेमगन्ज’को कवितामय टिजर सार्वजनिक, टिजर सेयर गर्नेलाई पुरस्कार पाइने



अ+ अ-

काठमाडौँ । भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘प्रेमगन्ज’ले ठीक तीन महिनाअघि टिजर सार्वजनिक गरेको छ । निर्माण टिमले राजधानीमा शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा फिल्मको टिजर सार्वजनिक गरेको हो ।

सञ्जय लामाले खिचेका सुन्दर दृश्यमा कविता र चरित्रलाई एकाकार गराउँदै निर्देशक परिच्छेद सेनले दर्शक उत्सुक बनाउने टिजर सार्वजनिक गरेका छन् । टिजरले फिल्म प्रेमकथा भएको र फिल्ममा दुई पुस्ताको प्रेमकथा भएको छनक दिएको छ ।

टिजरमा सुरक्षा पन्त र बेनिशा हमालसँगै नव प्रवेशी तेज गिरीको प्रभावशाली उपस्थिति महसुस गर्न सकिन्छ । टिजरमा बाल कलाकार राइडर प्रशान्त र सिमरन खड्काको पनि अभिनय अटाएको छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई परिच्छेद सेनले नै लेखेका हुन् । निर्माण टिमले फिल्मको टिजर कपिराइट फ्रि रहने जनाएको छ । यति मात्र होइन निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ । यो अफर वैशाख तीन गतेदेखि सुरु भएर साउन २५ गते सम्म चल्नेछ ।

श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर फिल्मको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्नेछ । भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टिमले जनाएको छ ।

फिल्ममा बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

यस्तै, फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

<iframe width=”727″ height=”409″ src=”https://www.youtube.com/embed/eDsBZ-vrqnc” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture” allowfullscreen></iframe>