११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रको एआइजीमा अर्याल सिफारिस



अ+ अ-

काठमाडौं । गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम १ ९क० बमोजिम उहाँलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

डिआइजी अर्याल वरियतामा पहिला नम्बरमा हुनुहुन्छ । डिआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम क्रमशः दोस्रो र तेस्रो नम्बरमा हुनुहुन्छ ।

यसअघि चैत ३० मा सरकारले पुष्पराम केसीलाई सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नति गरेपछि एआइजीको एउटा दरबन्दी खाली थियो ।

समितिले बढुवाउपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले सोही नियमावलीको नियम ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र उजुरी दिन सूचनामार्फत अनुरोध गरेको छ ।

पदोन्नति भएको खण्डमा अर्याललाई यही वैशाख १८ पछि सशस्त्र प्रहरी बलको नेतृत्व (महानिरीक्षक) सम्हाल्ने बाटो खुला हुनेछ ।