१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वतन्त्र न्यायापालिका र मर्यादित कानुन व्यवसायका लागि काम गर्ने



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएशनको नवनिर्वाचित पदाधिकारीले भ्रष्ट्राचारविहिन स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानुन व्यवसायका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बारको गत चैत १९ गते सम्पन्न भएको २६औँ केन्द्रीय कार्यसमिति निर्वाचनबाट निर्वाचित पदाधिकारीले पदभार ग्रहणपछि बारका महासचिव अन्जिता खनालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त प्रतिबद्धता व्यक्त गरिएको छ ।

बारको चारवटा मूल आधार लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्र न्यापालिकाका लागि निरन्तर क्रियाशील भइरहने प्रतिबद्धता जाहेर गरिएको छ । “यस कार्यसमिति नेपाल बार एशोसिएशनको मूल्यमान्यताको संरक्षण, सम्वद्र्धन गर्ने कार्यमा दत्तचित्त भइरहने प्रण पनि गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “विकृति, विसङ्गति, भ्रष्ट्राचारविहीन स्वच्छ–सक्षम निष्पक्ष, न्यायपालिका, मर्यादित र सक्षम कानुन व्यवसायका लागि कार्य गर्ने प्रतिबद्धता पनि जाहेर गर्दछौँ ।”

नवनिर्वाचित पदाधिकारीले नववर्ष २०७९ ले व्यावसायिक आचरण पालना गरी व्यावसायिक र मर्यादित बार बनाउन सबैलाई प्रेरणा देओस् भन्ने शुभकामनासमेत विज्ञप्तिमार्फत गरेको छ । रासस