२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति



अ+ अ-

काठमाडौं । सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ ।

आसन्न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्ज महानगरसहित जिल्लाका १४ वटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन् ।

निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । जिल्लाभरि मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिका, अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका छन् ।

वीरगञ्जमा यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा (एमाले)मा प्रवेश गरिसकेका सक्नुभएको छ । उहाँलाई एमालेले मेयरको उम्मेदवारका रुपमा अगाडि पनि सारिसकेको जनाइएको छ । रासस