२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति



अ+ अ-

काठमाडौं । सत्ता साझेदार दलमध्येको नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ ।

आसन्न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्ज महानगरसहित जिल्लाका १४ वटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन् ।

निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । जिल्लाभरि मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिका, अन्य तीनवटा नगरपालिका र १० वटा गाउँपालिका छन् ।

वीरगञ्जमा यसअघि तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा (एमाले)मा प्रवेश गरिसकेका सक्नुभएको छ । उहाँलाई एमालेले मेयरको उम्मेदवारका रुपमा अगाडि पनि सारिसकेको जनाइएको छ । रासस




भर्खरै