३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने

राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान,अभिनेत्री थापा र सङ्गीतकार बाँस्कोटालाई दीर्घ साधना सम्मान

राष्ट्रपतिबाट चलचित्र पुरस्कार प्रदान,अभिनेत्री थापा र सङ्गीतकार बाँस्कोटालाई दीर्घ साधना सम्मान
अ+ अ-

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पुरस्कार र सम्मान वितरण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रका माध्यमबाट राष्ट्रको योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नु सबैको दायित्व भएको बताउँदै यस क्षेत्रको विकास र समृद्धिका लागि बोर्डबाट भएका कामको प्रशंसा गर्नुभयो ।

विसं २०७६र२०७७ को दीर्घ साधना सम्मानबाट क्रमशः अभिनेत्री भुवन थापा र सङ्गीतकार शम्भुजित बाँस्कोटा सम्मानित हुनुभयो । उहाँहरूलाई नगद तीन लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

पुरस्कृततर्फ उत्कृष्ट छायाङ्कन विधामा ‘छ माया छपक्कै’ बाट हरि हुमागाईं, ‘कबड्डी कबड्डी कबड्डी’ बाट सम्पादन विधामा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले अवार्ड पाउनुभएको थियो । आदिवासी जनजातितर्फ भोजबहादुर गुरुङ निर्देशित ‘पचे गोरे’ लाई पुरस्कृत गरियो ।

प्रोत्साहन पुरस्कार जुरीतर्फ ‘जीवन काँडा कि फूल’बाट अवस्था शर्मा र नवप्रवेशीतर्फ ‘रातो टीका निधारमा’ अभिनेता अङ्कित शर्मालाई प्राप्त भएको थियो । विसं २०७६ मा विशेष चलचित्र पुरस्कार आमा, गुरुङ भाषाको मि न्होर्बै ट र नालापानीले तथा २०७७ सालको विशेष फिल्म ‘सरिता’ बनेको बोर्डका अध्यक्ष दयाराम दाहालले जनाउनुभयो । रासस