४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

नेपाल पत्रकार महासंघद्वारा आन्दोलनको कार्यक्रम घोषणा

नेपाल पत्रकार महासंघद्वारा आन्दोलनको कार्यक्रम घोषणा
अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया हाउसहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा भोली (बैशाख ५ गते)देखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो । श्रमजीवि पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा संवादमार्फत् समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनु परेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताउनुभयो ।

उहाँले श्रमजीवि पत्रकारहरु र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हटन नसक्ने समेत स्पष्ट पार्नु भयो । अध्यक्ष पोखरेलले भन्नु भयो, पत्रकार महासंघले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्छ । श्रमजीवि पत्रकारहरुको हितमा काम गर्ने सन्दर्भमा यसका गुनासोहरुको तथ्यांकहरु छन । त्यो तथ्यांकलाई सम्बोधन गर्ने क्रममा हामी आन्दोलनमै जानुपर्छ भन्ने निष्कर्ष निकाल्न एक वर्षको कार्यकालको समिक्षापछि बाध्य भएका छौं । त्यसकारण भोलीदेखि आन्दोलनको कार्यक्रम तय गरेका छौं । भोली र पर्सी कान्तिपुर टेलिभिजनमा धर्नाको कार्यक्रम छ । त्यसपछि अन्य संस्थाहरु, जहाँ श्रमको शोषणा भईराखेको छ भनेर लिखित जानकारी हामीलाई आएको छ ।

हामीले संवादमार्फत् सो समस्या समाधान गर्ने सन्दर्भमा तदारुपता देखाइएको छैन । ती संस्थाहरुमा आन्दोलनमा जाँदैछौं । महासंघको मुख्य दायित्व प्रेस स्वतन्त्रता र श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्नु नै हुन्छ । यी दुई वटा दायित्वबाट कुनै पनि हालतमा हामी पछाडि हट्दैनौं भन्ने स्पष्ट सन्देश दिन चाहन्छौं । प्रेस स्वतन्त्रताका लागि ड्राफ्ट भएको कतिपय कानुनहरु प्रेस स्वतन्त्रतामैंत्री छैनन् । राज्यसँगको लडाई पनि सँगसँगै जारी रहन्छ ।’

महासंघका अध्यक्ष पोखरेलले श्रमजीवि पत्रकारहरुले श्रम शोषण भएको लिखित जानकारी महासंघमा रेकर्ड गराएको उल्लेख गर्दै उनीहरुको माग सम्बोधन गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भयो । महासंघले प्रेस स्वतन्त्रता विरोधी खालका कतिपय ड्राफ्ट भएको कानुनहरुको विरोधमा सरकारसँग पनि आन्दोलन जारी रहेको र त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउँदै आएको छ ।