२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता

लक्ष्मी ह्यग्रिव मन्दिरको प्राणप्रतिष्ठा हुँदै

लक्ष्मी ह्यग्रिव मन्दिरको प्राणप्रतिष्ठा हुँदै
अ अ+ अ-

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ स्थित कोलमतेश्वर क्षेत्रमा भगवान् विष्णुका २४ अवतारमध्ये एक ह्यग्रिवको मन्दिर निर्माण भइरहेको छ ।

नेपालमै पहिलो पटक निर्माण गरिएको भनिएको उक्त मन्दिर अन्तिम चरणमा पुगेको र यही वैशाख २६ गते प्राणप्रतिष्ठा गरिने भएको छ । वैशाख ३० गतेसम्म पाँच दिन विभिन्न अनुष्ठान गरी भक्तजनका लागि मन्दिर खुला गर्ने तयारी भएको छ । घाँटीभन्दामाथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकालाई ह्यग्रिव भनिन्छ । ह्यग्रिव अवतार लिनुभएका भगवान् विष्णुले हरण भएको वेदको रक्षा गरेर पुनः ब्रह्मालाई दिनुभएको विभिन्न ग्रन्थमा वर्णन गरिएको छ ।

ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेकाले भगवान् विष्णुले ह्यग्रिव रुप धारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको कुरा विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको लक्ष्मी ह्यग्रिव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले राससलाई बताउनुभयो । यस विषयमा श्रीमद्भागवत्को द्वितीय स्कन्ध सातौँ अध्यायको ११औँ श्लोकमा र महाभारतको शान्ति पर्वमा पनि चर्चा गरिएको छ ।

भगवान् विष्णुले ह्यग्रिव अवतार लिनाको अर्को कारण श्रीमद्देवी भागवत्मा पनि वर्णन गरिएको छ । ह्यग्रिव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकून् भनी वर मागेकाले भगवान् विष्णुले ह्यग्रिव रुप धारण गर्नुभएको हो । भगवान् ह्यग्रिवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले ह्यग्रिव अवतार लिनुभएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

कोलमतेश्वर तीर्थको धार्मिक महत्व

स्कन्द पुराणअन्तर्गत हिमवत्खण्ड (नेपालमाहात्म्य) १२८ नं अध्यायमा बागमती नदीको तीरको वर्णन गर्ने क्रममा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरे बराबरको फल मिल्ने उल्लेख गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो”, उहाँले भन्नुभयो ।

कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थल महत्वको रहेको उल्लेख गरिएको हो । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी प्रपन्नाचार्यको भनाइ थियो । चैलमती शब्द अपभ्रंश भई चौलमती भएको पनि बताइन्छ ।

यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको जल परेको शिलालाई अहिले पनि चौलनारायणका रुपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदीशको विश्वास छ । सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रुप हो । नेपाल माहात्म्यको ३२औँ अध्यायको २८, २९ र ३०औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् ह्यग्रिव बस्नुहुन्छ भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रिव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्य युगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरबाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको थियो । यहाँको प्राचीन महत्वबारे थाहा पाएपछि स्थानीयवासी मन्दिर निर्माणमा जुटेका हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पनि लागिएको छ। मन्दिर व्यवस्थापन एवं निर्माण समितिका अध्यक्ष ध्रुव सिम्खडाले लक्ष्मी ह्यग्रिव मन्दिर र कोलमतेश्वर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको बताउनुभायो । यसका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोग गरेको छ । नगरपालिकाकै सहयोगमा यस क्षेत्रको गुरुयोजना बनाई कार्यान्वयन गर्न लागिएको उहाँले सुनाउनुभयो ।

कोलमतेश्वर क्षेत्रमा गौशाला र गुरुकूल

कोलमतेश्वर र लक्ष्मी ह्यग्रिव मन्दिरमा गाईको दूध चढाउन मन्दिर व्यवस्थापन समितिले गौशाला निर्माण गर्न लागेको छ । गौशालामा स्थानीय जातका गाईका माउ बाच्छी र एउटा साँढे पनि ल्याइएको छ । भक्तपुरको छालिङस्थित पञ्चमहालक्ष्मी मन्दिरबाट स्थानीय जातका गाईका माउ बाच्छीसहित साँढे पनि ल्याइएको हो । मन्दिर क्षेत्रमा यसअघि नै गुरुकूल सञ्चालनमा आइसकेको छ । गुरुकूल आवासीय सुविधासहित १५ जनाको क्षमताको भए पनि कोरोनापछि सात जनामात्र छन् । यहाँको गुरुकूलमा जुनसुकै जातकालाई पनि अध्ययन गर्ने अवसर दिइन्छ । कोलमतेश्वरमा स्वामी जगदीश प्रपन्नाचार्यले विसं २०७२ आश्रम निर्माण सुरु गर्नुभएको थियो ।

यसअघि उहाँले विसं २०६८ कात्तिकमा रिडीमा श्री सत्सङ्ग जागरण आश्रम थाल्नुभएको थियो । हाल यो आश्रम कोलमतेश्वर र पनौतीमा पनि बिस्तार गरिएको जनाइएको छ ।

कोलमतेश्वरमा आश्रम निर्माण हुनुअघि एउटा पाटीमात्र भक्तजनका लागि उपलब्ध थियो । रिडीको ऋषिकेश मन्दिरमा आश्रम स्थापना गरेपछि धार्मिक क्षेत्रको सार्वजनिक जग्गामा निर्माण भएका रेष्टुरेन्ट हटाएर फूलप्रसाद पसल स्थापना गरिएको छ । काभ्रेपलाञ्चोकको पनौतीमा भने जग्गा लिएर आश्रम बनाउन तयारी भइरहेको जनाइएको छ । (रासस, पूर्णप्रसाद मिश्र)