२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ जनामा सङ्क्रमण



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज नौ जनामा मात्र देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार ४३ जनामा कोरोना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको छ । यसअघि सबभन्दा कम चार जनामा सङ्क्रमण देखिएको थियो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ४०० जना रहेका छन् । पछिल्लो समय ४४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

शून्य सङ्क्रमित भएको १७ जिल्ला पुगेका छन् । मन्त्रालयका अनुसार त्यसमा ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, पूर्वनवलपरासी, पूर्वरुकुम, कपिलवस्तु, गुल्मी, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र बाजुरा छन् ।

हाल होमआइसोलेशनमा ३८२, संस्थागत आइसोलेशनमा १८, आइसीयूमा नौ र भेन्टिलेटरमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा ३० हजार ८८९ जनाले खोप लगाएका छन् ।