१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसद्वारा खार्किभमा रहेको प्रहरी मुख्यालयमा बम विष्फोट, २१ जनाको मत्यु



अ+ अ-

एजेन्सी । युक्रेनविरुद्ध रुसको आक्रमण बुधबार सातौं दिन पनि जारी छ । खार्किभ लगायत धेरै ठूला सहरलाई निशाना बनाइएको छ । 

२४ घण्टामा भएका आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् ।

आज बिहान रुसी प्याराट्रूपर्सले खार्किभको एक अस्पतालमा आक्रमण गरेका छन् । रुसी सेनाले खेरसन सहर पनि आफ्नो कब्जामा लिएको छ । यसैबीच, युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धमा अहिलेसम्म करिब ६ हजार रुसी सैनिक मारिएको दाबी गरेका छन् ।

यसअघि मंगलबार राति रुसी सेनाले राजधानी कीभको टिभी टावरमा मिसाइल हमला गरेको थियो । यस आक्रमणमा ५ जनाको मृत्यु भएको थियो । यहुदीहरूको नरसंहारको सम्झनामा निर्माण गरिएको बेबिन यार होलोकास्ट मेमोरियल सेन्टरमा पनि रुसले हवाई आक्रमण गरेको थियो।