• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   आगलागीमा करोडौँको क्षति

पूर्वाञ्चल विश्वविद्यालयमा कम प्राप्ताँक ल्याउनेलाई गोल्ड मेडल



पूर्वाञ्चल विश्वविद्यालयको दशौं दीक्षान्त समारोह यही २०७९ बैशाख ४ गते हुन गइरहेको छ । यस समारोहमा विश्व विद्यालयमा उत्कृष्ट अंक ल्याउनेहरुलाई गोल्ड मेडलबाट सुशोभन गरिन्छ ।

ज्ञान र शिक्षाको केन्द्र विश्व विद्यालय नै विद्यार्थीको भविष्यमाथि खेलवाड गरी कम अंक ल्याउने विद्यार्थीलाई गोल्ड मेडल बाँड्न थालेमा के होला ? विश्व विद्यालयमा अध्ययनरत मेधावी छात्रछात्रालाई यस्तो व्यवहारले कति चोट पुर्याउला ?

अहिले फेरि पूर्वाञ्चल विश्व विद्यालयको कानुन संकायमा त्यस्तै वेथिति दोहोरिएको छ । अघिल्ला पटक पनि यस्तै नियती भोग्नु परेकोमा अदालतले त्यसो नगर्न आदेश दिए पनि यस पटक फेरि विश्व विद्यालयले त्यस्तै गरेर आश्चर्यचकित बनाएको छ ।

समाचार अनुसार, कानून संकाय तर्फ एल.एल.एम. २०१८–२०२० ब्याचमा सर्वोकृष्ट अङ्क ल्याउने मनिता गुरुङको एग्रिगेट नम्बर ८३.१२ ल्याई प्रथम श्रेणीमा प्रथम हुन सफल हुनु भएको थियो ।

तर पूर्वाञ्चल विश्व विद्यालयले युग बहादुर पाललाई २०७७ सालको गोल्ड मेडलका लागि सिफारिस गरिएको सूचना प्रकाशन गरेको छ । विश्व विद्यालयको वेबसाइटमा पालको लब्धाङ्कपत्रमा एग्रिगेट नम्बर ७६.२५ ल्याएको उल्लेख छ । अर्थात् यो नम्बर मनिता गुरुङको भन्दा आठ जना मुनिको नम्बर हो ।

3. Gold Medal Notice from PU

मनिता गुरुङले शैक्षिक वर्ष २०१८–२० को दुईवर्षे एल.एल.एम. (बिजनेस एन्ड इन्टरनेसनल ट्रेड ल) विषयमा चक्रवर्ती हवी इजुकेशन अफ ल स्कुलमा अध्ययन गरी २०७८ पौष १८ गतेका दिन विश्वविद्यालयले तोकेको समयभित्रै मौखिक परीक्षा (Viva Voce) समयभित्र पूरा गरी एल.एल.एम. कार्यक्रममा एग्रिगेट ८३.१२% ल्याई प्रथम श्रेणीमा प्रथम हुनु भएको थियो ।

आफ्नो नाम स्वर्ण पदकको मेरिट लिस्टमा नपरे पछि विश्व विद्यालयको लापरवाहीका विरुद्धमा पटक–पटक अध्ययन गरेको कलेज तथा व्यक्तिगत निवेदन समेत लिई २०७८ चैत २८ गते विश्व विद्यालयको प्रशासनमा निवेदन दिएको पीडित छात्रा मनिताले बताउनुभयो ।

विश्व विद्यालय प्रशासनमा दर्ता नं. ४९ मार्फत निवेदन दिए पनि कार्यालयका कर्मचारीहरुले आफूमाथि समितिको निर्णयमा कुनै पनि फेरबदल हुँदैन भनि अव्यवहारिक जवाफ दिएको पनि मनिताले गुनासो गर्नुभयो ।

विश्व विद्यालयको यस्तो कार्यले मेहेनति, जेहेन्दार विद्यार्थीको भविष्यमा ठूलो असर पर्ने तथा यसको असरको क्षति विश्व विद्यालयले पनि पूर्ति गर्न नसक्ने हुनाले यसमा सजग गराउँदा पनि अटेर गर्नुको कारणमा केही आर्थिक चलखेल शंका गर्ने आधार देखिएको उहाँको भनाई छ ।

यसअघि पनि पूर्वाञ्चल विश्वविद्यालयको नवौं दिक्षान्त समारोहमा शैक्षिक वर्ष २०१५–२०१७ मा एल.एल.एम.मा उत्कृष्ट प्राप्ताङ्क ल्याउने विनिता पाण्डेलाई नदिई सोफिया अधिकारी जसले कूल ८१% ल्याउनेलाई स्वर्ण पदक दिइएको थियो ।

तर सर्वोच्च अदालतले २०७७ माघ ८ गतेका दिन विश्व विद्यालयले गरेको गलत कार्यलाई बदर गरी नियम संगत गर्नको लागि फैसला गरेको थियो ।

2. Mudda (1)-converted

यस्तै सातौं दिक्षान्त समारोह एल.एल.एम.को शैक्षिक वर्ष २०१४–१६ मा उत्कृष्ट अङ्क ७७.३८% ल्याउने सुभाष आचार्यलाई नदिई ७६.५०% ल्याउने पूजा खत्रीलाई स्वर्ण पदक दिएर विश्वविद्यालयले विवाद ल्याएको थियो । जसमा सर्वोच्च अदालतको उत्प्रेषण समेतको आदेशले बदर गरी कानून सम्मत सुभाष आचार्यलाई स्वर्ण पदक दिलाएको थियो ।

त्यसैगरी नवौं दिक्षान्त समारोहमा २०१४–२०१६ को एल.एल.एम.तर्फ महेन्द्र प्रसाद पौडेलको उत्कृष्ट नम्बर हुँदाहुँदै पूजा खत्रीलाई स्वर्ण पदक दिइएकोमा अदालतले निजहरुलाई पदक प्रदान गर्न इन्कार गरेको सम्बन्धी प्रत्यार्थी पूर्वाञ्चल विश्वविद्यालयको निर्णय, काम, कारवाही तथा सूचना समेत उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

आफूलाई पूर्वाञ्चल विश्व विद्यालयले समयमै यथोचित निर्णय नगरी अपमान गरे अदालतको ढोका ढक्ढक्याउन बाध्य हुने पनि विद्यार्थी मनिताले न्युजपोलारलाई बताउनुभयो ।

यस पटक गोल्ड मेडलका लागि सिफारिस गरिएका व्यक्ति सुरक्षा निकायमा कार्यरत बरिष्ट अधिकृत रहेकाले पनि ठूलै रकमको चलखेल भएको हुन सक्ने अनुमान विद्यार्थीमाझ छ । यदि प्रलोभन र पैसाकै भरमा विश्व विद्यालयले यति ठूलो निर्णय गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भए पूर्वाञ्चल विश्व विद्यालयको शाख अझ गिर्ने पक्का छ ।