३१ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौँ महानगरद्वारा बहाल र व्यवसाय करमा स्थान र प्रयोजनअनुसार नयाँ दर निर्धारण गर्ने तयारी ‘मानवीयताको शहर’ बनाउने काठमाडौं महानगरको सङ्कल्पः ज्येष्ठ नागरिकलाई घरदैलोमै चिकित्सकदेखि चराचुरुङ्गीलाई पानीपात्रसम्म निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ : नेता महतो



अ+ अ-

काठमाडौँ । युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ ।

नयाँवर्ष २०७९ को उपलक्ष्यमा सुडी समाज काठमाडौँ, युवा उपसमितिद्वारा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रमका वक्ताले सुडी समुदायका युवालाई स्वरोजगार, उद्यमशीलता, नवप्रवर्तन र सीप विकासका माध्यमबाट समाज निर्माणको मूल प्रवाहमा समाहित गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो । उहाँहरुले भन्नुभयो, “समाजको अग्रगामी रुपान्तरणका लागि युवामैत्री नीति अवलम्बन गर्नुपर्ने र उनीहरुको सहभागिता, परिचालन र नेतृत्व विकास गर्नुपर्ने आजको आवश्यकता हो ।”

सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै समाजमा देखिएको विकृति विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन युवालाई आग्रह गर्नुभयो ।

सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै उहाँले मानवीय र सामाजिक सेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताउनुभयो ।

सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज निर्माण गर्नुपर्ने बताउँदै समाजका सबै सदस्यबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गर्नुभयो ।

सुडी समाज महासङ्घ नेपालको सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र इञ्जिनीयर ओमप्रकाश महतो, सुडी समाज काठमाडौँको सल्लाहकारद्वय विश्वनाथ साह र जयशङ्कर महतो, अध्यक्ष डा अशोक महासेठ र महासचिव शीतलप्रसाद महतोले समाजको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबैपक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै समाजभित्रको यथार्थलाई आत्मसात् गरेर यसको विकास र विस्तारमा युवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यमा निर्वाचित हुनुभएकामा मिर्चैया–६ सिरहाका डा गुरुशरण साह र अमेरिकाको कोलगेट विश्वविद्यालयमा इञ्जिनीयरिङ विषयमा पूर्ण छात्रवृत्ति पाउने जनकपुरधाम–१५ धनुषाका राघवराज साहलाई प्रशंसापत्रद्वारा सम्मान गरियो ।

त्यस्तै ‘सुडी समुदाय काठमाडौँको दुई दशकः स्मारिक–२०७९’ को पनि विमोचन गरियो । युवा उपसमितिका संयोजक इञ्जिनीयर रामस्वरुप महासेठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सुडी समाज काठमाडौँका उपाध्यक्ष डा रामनन्दनप्रसाद चौधरीले समाजको संस्थागत विकासका लागि सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता, समन्वय र सहयोग अपरिहार्य भएको बताउनुभयो ।




भर्खरै