२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपिएलः पोखराको जित, विराटनगर बाहिरियो



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट  विराटनगर वारियर्सको यात्रा समाप्त भएको छ ।

शनिबार भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित भएसँगै विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको हो ।

कीर्तिपुरका त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

पोखराको जितमा असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय पारी खेले । उनले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गरे ।

यसतै, रिचर्ड लेभीले २६ बलमा ४७ रनको योगदानी दिए । उनले पनि ३ छक्का र ४ चौका प्रहार गरे । यस्तै साहन अर्चाचिगेले ४३ रनको योगदानी दिए । 

विराटनगरका प्रतिष जिसी, सिकन्दर राजा र हरी चौहानले समान एक–एक विकेट लिए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

विराटनगरका लागि आसिफ शेखले ३३ बलमा सर्वाधिक ४४ रन जोडे । उनले ६ चौका प्रहार गरे ।  यस्तै सिकन्दर राजाले २० बलमा २९ रन जोडे । 

सन्दीप रजालीले २८ रनको योगदान गरे । कप्तान करण केसीले ९ बलमा २४ रन बनाए । 

पोखराका बिक्रम सोवले २ विकेट लिँदा विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक–एक विकेट लिए ।

यो जितसँगै चार खेलमा २ जित र एक खेलमा अंक बाडेको पोखरा ५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लगातार चार खेलमा पराजय भोगेको विराटनगर भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगरले अंक जोड्न सकेको छैन । 




भर्खरै