१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्दै



अ+ अ-

बुटवल । कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ । 

गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको साथै विदेशी पर्यटक आउन थालेका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटककोे संख्या अहिले न्युन भए पनि नेपाल सरकारले अनअराइभल भीसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने विस्वास गर्नुभयो । नेपाल सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरि भ्रमणमा आउनेको ब्यबस्थापन गरिने  सदस्य सचिव शाक्यले बताउनुभयो ।

उहाँले भन्नुभयो “कोरोना संक्रमण कम भएपछि नेपाल सरकारले निषेधाज्ञालाई खुकुलो बनाएर मठमन्दिर खोल्न क्रम सुरु भएको छ । हामीले पनि साउन महिनादेखि लुम्बिनी खुला राखेका छौं । मन्दिर खला भएसँगै धार्मिक पर्यटनका लागि आन्तरिक पर्यटक आउन सुरु  भएको छ । कोरोना संक्रमण कम भएपनि संक्रमणको जोखिम कायमै भएकाले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गराउने गरेका छौं । मायादेवी मन्दिरमा प्रवेश गर्दा मास्क अनिवार्य गरेका छौं । आन्तिरिक पर्यटन आउन सुरु भएपनि पहिलाको तुलनामा धेरै कम संख्यामा आइरहनुभएको छ र यसलार्ई गति दिनुपर्छ । हामी आशा गर्छाैं नेपाल सरकारले अनअराइभल भीसा दिन सुरु गरिसकेको छ र दशैं, तिहार जस्ता चाडपर्व पनि आएकाले आन्तरिक तथा बाह्य पर्यट बढ्नेछन् ।”

लुम्बिनी विकाश कोषले  विश्व पर्यटन दिवशको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाई र मर्मत सम्भारको काम निरन्तर रुपमा गरिरहेको सदस्य सचिव शाक्यले बताउनुभयो ।

कोषले अहिले नहर पोखरीमा पानी राख्ने, बगैंचाहरुको मर्मत तथा सरसफाइको काम गरिरहेको छ । पर्यटकलाई आकर्षित गर्न लुम्बिनी विकास कोषमात्र नभइ यहाँका होटल व्यवसायीहरु पनि काम गर्नुपर्नेछ । पर्यटकहरुको लागि होटल व्यवसायीहरु र लुम्बिनी विकास कोषको संयुक्त कार्यक्रम प्याकेज आउन सकेमा कोरोनाले थलिएको ब्याबसाय माथि उठ्न समय लाग्दैन ।