२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

‘योसिङ द्यः’अर्थात लिङ्गो ढालियो

‘योसिङ द्यः’अर्थात लिङ्गो ढालियो
अ अ+ अ-

भक्तपुर । नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्का: जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज साँझ ७ बजे ढालिएको छ ।

वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका–५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्ष अर्थात वैशाख १ गते दिनभरि जात्रा गरी साँझ ढाल्ने परम्परा रहेको छ । तर यसवर्ष हिजो ३० गते साँझ करिब ५ बजेदेखि हजारौँ व्यक्तिको अगाडि यहाँका बासिन्दाले ५५ हात लामो योसिङ द्यः अर्थात लिङ्गो उठाउन खोजे पनि राति अबेरसम्म नसकेपछि आज फेरि उठाउने प्रयास गरेका थिए । अथक प्रयासपछि दिउँसो ३ बजे उठाएको लिङ्गो साँझ ७ बजे सम्पूर्ण पूजा गरी तान्त्रिक विधिअनुसार आजै ढालिएको हो ।

गत वर्ष पनि चैत मसान्तको दिन लिङ्गो उठाउन नसकेपछि वैशाख १ गते दिनभरि प्रयास गरी साँझ ६ः ४५ बजे मात्रै उठाएर १ घण्टापछि नै ढालिएको थियो । ५५ हात लामो लिङ्गो ठड्याउनुअघि लिङ्गोको कोखा ९टुप्पो० मा नाग र नागिनीको प्रतीकस्वरूप दुई ध्वजा बाँधेर अष्टमातृकाका प्रतिक आठ डोरीले तानेर उक्त लिङ्गो उठाउने प्रचलनअनुसार आठ मोटो एवं लामो डोरी बाधेर चारैतिरबाट गोलाकार रुपमा बसेर लिङ्गोलाई योसिङ्को प्वालमा छिराएर वरिपरिबाट डोरीको माध्यमले तानेर ठड्याइएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा, विश्वध्वजा र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केटको लिङ्गो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ । यो जात्रा हेर्न आज हजारौँको मानव सागर उर्लिएको छ ।

लिङ्गो ढालेपछि ल्योसिङखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । भैरव र भद्रकाली देवदेवीको समागम जात्रा भनेर चिनिने सो जात्रालाई स्थानीय भाषामा ‘द्यो ल्वाकिगु‘ भनिन्छ । जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ । भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा रहेको छ । विक्रम संवत्अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रा बिःसीत अर्थात नागनागिन म¥यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको संस्कृतविदको भनाइ छ ।

इतिहासविद्का अनुसार किरात शासकले शासन गर्दै आएको प्राचीन नेपाललाई जितेको खुसियालीमा लिच्छवि शासकले विजयी ध्वजासहित बिस्का जात्रा मनाइएको जनश्रुति रहेको छ । रासस