२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो हप्तामा पशुपति स्वच्छता अभियान



अ+ अ-

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र स्वच्छ अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा असोज २ गते सुरु भएको अभियानका क्रममा आज पशुपति क्षेत्रका मठमन्दिरमा सफाइ गरिएको छ । सफाइमा कलाकार शिव श्रेष्ठ, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायतको उपस्थिति थियो ।

पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आकर्षण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पशुपति स्वच्छता अभियान सुरु गरिएको हो । पशुपति क्षेत्रमा प्रत्येक हप्ता शनिबार अयिभानकर्मी, कोषका पदाधिकारी एवं कर्मचारीको सक्रियतामा यो अभियानलाई निरन्तरता दिइने छ । अभियानका क्रममा स्वयंसेवी  रूपमा पशुपति क्षेत्रमा काम गर्न चाहने सङ्घसंस्थालाई स्वैच्छिकरूपमा आमन्त्रण गरिएको कोषले जनाएको छ ।




भर्खरै