१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो हप्तामा पशुपति स्वच्छता अभियान



अ+ अ-

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्र स्वच्छ अभियान तेस्रो हप्तामा प्रवेश गरेको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा असोज २ गते सुरु भएको अभियानका क्रममा आज पशुपति क्षेत्रका मठमन्दिरमा सफाइ गरिएको छ । सफाइमा कलाकार शिव श्रेष्ठ, कोषका सदस्यसचिव डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायतको उपस्थिति थियो ।

पशुपति क्षेत्रलाई विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आकर्षण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले पशुपति स्वच्छता अभियान सुरु गरिएको हो । पशुपति क्षेत्रमा प्रत्येक हप्ता शनिबार अयिभानकर्मी, कोषका पदाधिकारी एवं कर्मचारीको सक्रियतामा यो अभियानलाई निरन्तरता दिइने छ । अभियानका क्रममा स्वयंसेवी  रूपमा पशुपति क्षेत्रमा काम गर्न चाहने सङ्घसंस्थालाई स्वैच्छिकरूपमा आमन्त्रण गरिएको कोषले जनाएको छ ।