२४ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सङ्गठनको महाधिवेशन आगामी कात्तिकमा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । आज बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी कात्तिक अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसका लागि असोज मसान्तसम्म सदस्यता वितरण तथा नवीकरण, कात्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कात्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकेको छ ।

बैठकले सङ्गठनको नाम प्रेस सङ्गठन परिर्वतन गरी पुरानै नाम प्रेस सेन्टर नै राखेको छ । तत्कालीन नेकपा (एमाले) र माओावादी केन्द्र एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस सङ्गठन बनेको थियो । पार्टी विभाजन भएपछि एमाले निकट पत्रकार सङ्गठनको नाम प्रेस चौतारी भए पनि माओवादी केन्द्र निकट पत्रकारको सङ्गठनको नाम प्रेस सङ्गठन नै रहेको संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो । बैठकले केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति अधिवेशन आयोजक समितिमा परिणत गर्ने भएको छ ।

बैठकमा महाधिवेशनबाट पारित गर्ने गरी सङ्गठनको विधान प्रस्ताव गर्नुका साथै विधानमा सङ्घ, प्रदेश र स्थानीय पालिकाका शाखालाई बलियो बनाउने प्रस्ताव गरेको छ । बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले अब पार्टी जनताको चाहनाअनुसार नै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।