१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस सङ्गठनको महाधिवेशन आगामी कात्तिकमा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट पत्रकारहरूको सङ्गठन प्रेस सङ्गठन नेपालको महाधिवेशन आगामी कात्तिकमा हुने भएको छ । आज बसेको केन्द्रीय समितिको पूर्ण बैठकले आगामी कात्तिक अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गर्दै त्यसका लागि असोज मसान्तसम्म सदस्यता वितरण तथा नवीकरण, कात्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कात्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति तोकेको छ ।

बैठकले सङ्गठनको नाम प्रेस सङ्गठन परिर्वतन गरी पुरानै नाम प्रेस सेन्टर नै राखेको छ । तत्कालीन नेकपा (एमाले) र माओावादी केन्द्र एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस सङ्गठन बनेको थियो । पार्टी विभाजन भएपछि एमाले निकट पत्रकार सङ्गठनको नाम प्रेस चौतारी भए पनि माओवादी केन्द्र निकट पत्रकारको सङ्गठनको नाम प्रेस सङ्गठन नै रहेको संयोजक महेश्वर दाहालले जानकारी दिनुभयो । बैठकले केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति अधिवेशन आयोजक समितिमा परिणत गर्ने भएको छ ।

बैठकमा महाधिवेशनबाट पारित गर्ने गरी सङ्गठनको विधान प्रस्ताव गर्नुका साथै विधानमा सङ्घ, प्रदेश र स्थानीय पालिकाका शाखालाई बलियो बनाउने प्रस्ताव गरेको छ । बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले अब पार्टी जनताको चाहनाअनुसार नै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।