१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको बालुवाटारको शासन उनकै कारण अन्त्य भयो : पाण्डे



अ+ अ-

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले केपी शर्मा ओलीको बालुवाटारको शासन अन्त्य भएपछि बालकोटको खोपीमा पस्नुपर्ने बाध्यता आफ्नै कारण सिर्जना भएको आरोप लगाउनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी) पाल्पाका अगुवा कार्यकर्ता भेलामा  उहाँले अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई भत्काउन खोजेकाले आफूहरुले पार्टीमा विद्रोह गरेको स्पष्ट पार्नुभयो । उहाँले पार्टी फुटेको नभई नेकपा एमालेमा विद्रोह गरिएको उल्लेख गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे र राजेन्द्रलक्ष्मी गैरेले ओलीले आफूलाई प्रधानमन्त्री हुँदा पार्टीमा काम गर्न नदिएको भनी भ्रम सिर्जना गर्ने काम गलत भएको र ओली समूहले गुटगत व्यवहार गरी सक्षम कार्यकर्तालाई अलग्याएको आरोप लगाउनुभयो । 

एकीकृत समाजवादीले युवा, विद्यार्थीको सङ्गठन विस्तार गरेको जनाएको छ । पार्टीका प्रशिक्षण कार्यक्रम सञ्चालनपछि सङ्गठन विस्तारका काम अगाडि बढाउने सो पार्टीले जनाएको छ ।