२४ भाद्र २०८३, बुधबार
,
Latest
विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल पूर्वाधार निर्माणको प्राथमिकता र नीतिमा पुनर्विचार गर्नुपर्छ : गजुरेल नदी किनारबाट सडक बनाउने नीति पुनरावलोकन गर्नुपर्ने पोखरा महानगर प्रमुख आचार्यको भनाइ रसुवा बाढी उद्धारमा सरकारको कमजोरी देखियो : सांसद अधिकारी बाढी प्रभावितका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारको सर्वेक्षण सुरु जेन–जी शहीद पार्कको शालिक अनावरण रोकियो, आफन्तले भने–‘अनुहार नै मिलेको छैन’ जेनजी पुस्तासँग भएका सहमति तत्काल कार्यान्वयन गर्न सांसद यादवको माग सुनसरीमा सडक दुर्घटनामा दुईको मृत्यु ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन बाढीपीडितको उद्धारमा सरकारको भूमिका कमजोर भएको कांग्रेस प्रमुख सचेतक थापाको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटसल लिग : राइजिङ दोस्रो स्थानमा उक्लियो, लुम्बिनी रेलिगेसनमा



अ+ अ-

कास्की । पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय फुटसल लिगअन्तर्गत आजको खेलमा विजयी हुँदै ‘द राइजिङ क्लब’ धरान अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । धरानसँगको पराजयसँगै लुम्बिनी फुटसल क्लब रेलिगेशनमा परेको छ ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा भएको खेलमा लुम्बिनी धरानसँग ६–५ गोलअन्तरले पराजित भएको हो । जितसँगै राइजिङको आठ खेलबाट १६ अङ्क भएको छ भने लुम्बिनीको समान खेलबाट चार अङ्क मात्र हुँदा रेलिगेशनमा परेको हो । राइजिङको जितमा कप्तान दोर्जे तामाङ, रिवोस मास्के, विकु तामाङ, सुदीप गुरुङ, हेमन्त थापा मगर र मिलन राईले गोल गर्नुभयो । लुम्बिनीका लागि कप्तान रेफी महर्जन, हेमन्त गुरुङ, रुपेन थापा र देवशिस शर्माले गोल गर्नुभएको थियो ।

आज भएको दोस्रो खेलमा स्पोट्र्स क्यासलले फुटसल–५ धरानविरुद्ध पुनरागमन जित निकालेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा क्यासलले ३–२ गोलअन्तरले धरानलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन सफल भयो ।

खेल सुरु भएको पहिलो मिनेटमै धरानले अग्रता लिएको थियो । धरानका किरण चौधरीले गोल गर्दै अग्रता दिलाए पनि १०औँ मिनेटमा क्यासलका सुरेन बुढा मगरले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । पहिलो हाफ १–१ गोलको बराबरीमा रोकिए पनि दोस्रो हाफमा पुनः धरानले अग्रता लियो । २४औँ मिनेटमा किरणले व्यक्तिगत दोस्रो गोल गर्दै धरानलाई अग्रता दिलाउनुभयो । क्यासलका सुमित श्रेष्ठले ३७औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । क्यासलका कप्तान अञ्जन देवकोटाले ४० औँ मिनेटमा निर्णायक गोल गर्दै जित दिलाउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घले देशमै पहिलोपटक फुटसल लिगको आयोजना गरेको हो । असोज २ गतेदेखि सञ्चालन भइरहेको लिग आगामी असोज २२ गतेसम्म जारी रहनेछ । लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।