२५ श्रावण २०८३, सोमबार
,
Latest
विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन चुरे विनाशको असर : दाङमा रोपाइँ प्रभावित प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुआत गरिने २८ गतेसम्म निकास नआए कांग्रेसले नयाँ कार्यदिशा तय गर्छ : मोहनबहादुर बस्नेत चिनियाँ राजदूत झाङ माओमिङद्वारा प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट प्रतिपक्षले प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा राप्रपा नेता शाहीको आपत्ति सरकार–सञ्चारमाध्यम सम्बन्ध सुदृढ बनाउन शिक्षामन्त्री पोखरेलले गरे सम्पादकहरूसँग छलफल राष्ट्रिय गौरवका आयोजनाका लागि एउटै प्रभावकारी कानून बनाऔँ : सांसद डाँगी धार्मिक असहिष्णुता रोक्न स्पष्ट कानूनी र नैतिक आधार आवश्यकः सांसद महन्थ ठाकुर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेणुलाई चितवनबाट जिताउन प्रचण्डलाई गठबन्धन चाहिएको ओलीको आरोप



अ+ अ-

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दावी गर्नु भएको छ ।

अध्यक्ष ओलीले आफ्नो पार्टीसँग भिड्न मिलेर आउन पनि सत्तारुढ पाँचदलीय गठबन्धनलाई चुनौति दिनु भयो । बुधबार सुनसरीको इनरुवामा पार्टीद्धारा आयोजित आमसभामा बोल्दै उहाँले जतिसुकै दल मिलेर भिडेपनि जित भने एमालेकै हुने दावी गर्नु भयो । उहाँले भन्नु भयो, ‘गठबन्धन गरेर कोको आउने हो । सबै मिलेर आउन । हामी एक्लै लड्न सक्छौं । एक्लै पराजित गर्न सक्छौं ।’

ओलीले आफ्नी छोरी रेणु दाहाललाई चितवनबाट जिताउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई गठबन्धन चाहिएको आरोप समेत लगाउनु भयो । पाँच दलीय गठबन्धन, ६ दलीय गठबन्धनलाई विचराहरु भन्दै उहाँले अलपत्र अवस्थामा रहेको पनि बताउनु भयो ।

ओलीले सत्तारुढ गठबन्धन खिईदै गएको उल्लेख गर्दै नडगराई चुनावी मैदानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । कार्यक्रममा सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष समेत रहेका जसपा नेता महेन्द्रप्रसाद यादव एमाले प्रवेश गर्नु भएको थियो ।