१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक



अ+ अ-

काठमाडौं  । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठुलो योगदान रहेपनि राज्यबाट अपेक्षाकृत रुपमा केही हुन नसकेको गुनासो गर्नुभयो । 

कार्यक्रममा ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक गरिएको थियो । शताब्दी पुरुष जोशीको साथमा नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य, चर्या गुरु यज्ञमान पति बज्राचार्यले संयुक्त रुपमा मानन्धरबाट गाइएको दाफा गीतको भच्र्युंअल एल्बमको विमोचन गर्नुभयो । कार्यक्रममा मानन्धरका जम्मा ७ वटा गीतहरु सार्वजनिक गरिएको थियो । गीतहरुमा संगीतकार हरिशरण साय्मिले संगीत संयोजन गरेका छन् । सार्वजनिक गरिएका गीतहरु गायक मानन्धरकै युट्युब च्यानलमार्फत सार्वजनि गरिएको छ । सोही कार्यक्रममा मानन्धरको गीत ‘श्याम सुन्दर’ म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो । 

कार्यक्रममा शताब्दी पुरुष जोशी, जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा दाफा गुरुहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । मन्तव्यको क्रममा जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा प्राध्यापक डाक्टर सिलु मानन्धर बज्राचार्य र प्राध्यापक डाक्टर पुष्कर बज्राचार्यले नेवार समाजमा परम्परागत दाफा गीतको महत्व र यसको संरक्षणमा गायक मानन्धरको योगदानको बारेमा चर्चा गरेका थिए ।