२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थहीन परिवर्तन र रुपान्तरणले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेन: पूर्वराजा शाह



अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तन र रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नकसकेको जनाउनु भएको छ ।

नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना सन्देश जारीगर्दै पूर्वराजा शाहले वर्ष बदलिंदा हाम्रो हर्ष पनि बढ्नु पर्ने भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि पर्ने भएपनि चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसक्नु चिन्ताको विषय जनाउनु भएको छ ।

सन्देशमा भनिएको छ – प्यारो मातृभूमि नेपाल “त्रिपक्षीय महाशक्तिहरुबीचको शिखर आभूषण” को रुपमा रहेतापनि, आफ्नै भू बनोट, सामाजिक संरचना, गौरवपूर्ण इतिहास, मौलिक मूल्य मान्यता तथा परम्पराले गौरवान्दित रही आएको छ । सबै राष्ट्र, सबै समुदाय मिलेर रहुन्, कतै अशान्ति नहोस्र कोही कसैमा विभाजन, विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो । छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गर्दैन मुलुकको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई संझेर हामी सदैव चनाखो हुनुपर्दछ ।

सन्देशमा भनिएको छ – यही भावनालाई आत्मसाथ गर्दै नेपाल शान्ति भूमि बन्न सकोस्भन्ने आकांक्षा हामीले राखेका हौं । तर आज नेपाल कोहीसंग कतै टांसिएर कसैप्रतिको दूरभाव राख्ने मार्गतर्फ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महिनताको विषय बन्न गएको छ । हाम्रो अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन्। नेपालीको घर घरमा बढ्दो महंगी र थपिदों आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ ।

सन्देशमा भनिएको छ नेपाली सबैको भलो होस् –सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयाश उपलव्धिमा परिणत होस्–यही हाम्रो अभिलासा हो ।