• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

जनमोर्चाले सार्वजनिक गर्‍यो घोषणापत्र



काठमाडौं । स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर राष्ट्रिय जनमोर्चाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलमा आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका हुन् ।

जनमोर्चाले चुनावमा भने ५ दलीय गठबन्धनबाटै अगाडि जाने जनाएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष केसीले एमसीसीलाई संसदबाट पारित गरिएका कारण आफ्नो पार्टी पाँच दलीय गठबन्धनबाट अलग हुनु परेको भन्दै स्थानीय निर्वाचनमा भने पाँच दलीय गठबन्धनसँग सहकार्य गर्ने नीति अपनाएको बताए ।