४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

बिहारको सासाराममा कसरी ६० फिट लामो एउटा पुल चोरी भयो ?

बिहारको सासाराममा कसरी ६० फिट लामो एउटा पुल चोरी भयो ?
अ+ अ-

बीबीसी । भारतको बिहार राज्यमा कवाडीमा बेच्न फलामको पुल चोरी गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बीबीसीकी गीता पाण्डेले त्यहाँका प्रहरी, स्थानीय पत्रकार र गाउँलेहरूसँग पुल कसरी चोरी भयो भन्नेबारे कुरा गरेकी छिन्।

पुल कसरी चोरी भयो ?
गत साता एक दिन बिहानै राज्यको सिँचाइ विभागका कर्मचारीसहित करिब चार–पाँच जना मानिस सासारामनजिकै रहेको अमियावार गाउँमा पुगे।

ग्यासबाट चल्ने काट्नका लागि प्रयोग हुने औजार र खन्नका लागि प्रयोग हुने एक्स्काभेटर लिएर ती मानिस आइएको देख्दा स्थानीवासी खुसी थिए।

उनीहरूले लामो समयदेखि हटाउन माग गरिरहेको एउटा पुरानो र प्रयोगविहीन पुल हटाउन सरकारी कर्मचारी आएको उनीहरूले ठाने।

तीन दिनसम्म ती मानिस प्रत्येक दिन बिहान ७ बजे आइपुग्थे र घाम अस्ताउँदासम्म काम गर्थे।

नीहरूले पुलको बाँकी भाग फुकाल्ने, औजारको सहायताले फलाम काट्ने र डोजरले भुइँ खन्ने काम गरे।

पुलको फलाम भाडाको गाडीमा ओसारेर एउटा स्थानीय कवाडी सामानको गोदाममा पुर्‍याइयो।

‘यो चोरी थियो भन्ने कसैले पनि सोचेन,’ यो पुलबाट करिब २०० मिटरको दूरीमा बस्ने स्थानीय पत्रकार जितेन्द्र सिंहले भने।

‘अघिल्लो हप्ता बिहान हिँड्न जाँदा मैले मानिसहरू काम गरिरहेको देखेको थिएँ। गाउँका अरूले पनि देखेका थिए’, उनले थपे।

पुल भत्काउने कामको निरीक्षण सिँचाइ विभागकै करारका कर्मचारी अरविन्द कुमारले गरेको आरोप लागेको छ। उनले त्यहाँ सोध्न आउने सबैलाई पुल ‘भत्काउन स्वीकृति रहेको’ बताउने गरेका थिए।

पुल चोरीबारे अनुसन्धानको नेतृत्व गरिरहेका वरिष्ठ प्रहरी अधिकारी आशीष भारतीले पक्राउ परेका आठ जनामध्ये अरविन्द पनि एक रहेको जानकारी दिए।

‘सिँचाइ विभागका अधिकारी राधेश्याम सिंह, भ्यानका मालिक र कवाडी गोदामका मालिकलाई पनि पक्राउ गरिएको छ। हामी अझै चार जनाको खोजी गरिरहेका छौँ’, भारतीले भने।

दिउँसै चोरी
एरा नहरमाथि सन् १९७६ मा बनाइएको झन्डै ६० फिट लामो र १२ फिट अग्लो फलामको त्यो पुलनजिकै सन् २००० को दशकको सुरुतिर अर्को पक्की पुल बनेको थियो। त्यसपछि पुरानो पुल प्रयोगविहीन थियो।

गाउँका बासिन्दा शैलेन्द्र सिंहका अनुसार पुल जीर्ण अवस्थामा थियो।

‘धेरै वर्ष भएपछि काठहरू टुक्रिएर उप्किएका थिए। फलाममा पनि खिया लागेको थियो। चोरहरूले फलामका टुक्रा र नटहरू चोरेर कवाडीमा बेच्ने गरेका थिए। तर अघिल्लो हप्ता जे भयो त्यो चाहिँ दिनदहाडै भएको चोरी हो,’ उनले भने।

जितेन्द्र सिंहका अनुसार चोरहरूले पुल खोल्नुभन्दा केही दिनअघि मात्रै गाउँका मुखियाले जीर्ण पुलले स्वास्थ्यमा जोखिम बढाएको भन्दै सरकारी अधिकारीहरूलाई पुल भत्काउन लिखित अनुरोध गरेका थिए।

उनका अनुसार धेरै पटक माथिल्लो भेगबाट बगेर आएका गाईबस्तु र कहिलेकाहीँ मानिसको शव समेत पुलमुनि अड्किएको उनले देखेका थिए।

‘त्यहाँ असह्य दुर्गन्ध फैलिएको हुन्थ्यो,’ उनले भने।

चोरहरू कसरी समातिए ?
नजिकैको गाउँका पवन कुमारले पुल भत्काउन थालिएको तेस्रो तथा अन्तिम दिन एप्रिल ५ मा पुल खोलिएको थाहा पाए।

‘सिँचाइ विभागका राधेश्याम सिंहले फोन नउठाएपछि उनीभन्दा वरिष्ठ अधिकारीलाई फोन गरेर किन पुल भत्काउँदा सबैभन्दा कम कबोल गर्नेलाई ठेक्का दिने जस्ता प्रक्रिया पूरा नगरेको भनेर सोधेँ,’ उनले भने।

ती अधिकारीले आफूले पुल भत्काउन कुनै आदेश नदिएको र त्यहाँबाट पुल झिकिएकोबारे कुनै जानकारी नभएको जबाफ दिए।

त्यसपछि प्रहरीमा उजुरी पर्‍यो र छानबिन सुरु भयो।

‘हामीले खन्न प्रयोग गरिने एउटा जेसीबी मशीन , काट्न प्रयोग गरिने औजार र त्यसमा प्रयोग हुने ग्यासका सिलिन्डरहरू, एउटा पिकअप भ्यान र २४७ केजी फलाम बरामद गर्‍यौँ,’ भारतीले भने।

धातु किन चोरी हुन्छ ?
भारतका धेरै स्थानमा चोरहरूले स्टीलका पाइपहरू नियमितजसो चोरी गरेर भरुवा बन्दुक बनाउने गैरकानुनी कारखानामा बेच्ने गर्छन्।

सडकमा मङ्गाल छोप्ने ढक्कन र रेलको शौचालयमा राखिएका भाँडा पनि चोरी हुन्छन्।

केही वर्षअघि भारतीय रेल्वेले स्तरवृद्धि गर्ने योजना घोषणा गर्दा अधिकारीहरूले धातुका मगहरू सुरक्षित गर्न साङ्लोले बाँधिने बताएका थिए।

तर धातुका सामग्री चोरी हुने भारतको मात्रै समस्या होइन। यस्तो समस्या अमेरिका, यूके र युरोपका धेरै स्थानमा पनि छ।

ब्रिटेनमा पावर र सङ्केतका तारहरू, रेल रोक्दा प्रयोग हुने क्लिपजस्ता सामग्री चोरीका कारण हरेक वर्ष हजारौँ घण्टा रेल ढिलो हुने समस्या हुने गर्छ।

कानुन कार्यान्वयनसम्बन्धी युरोपेली सङ्घको निकाय युरोपोलका अनुसार धातुको चोरीले स्थानीय व्यापारका साथै अत्यावश्यक सार्वजनिक सेवामा पनि युरोपभरि ठूलो क्षति पुर्‍याउने गरेको छ।

अन्यत्र पनि पुल चोरी हुन्छ
सन् २०११ मा अमेरिकाको पश्चिमी पेन्सिल्भेनिया सहरमा चोरहरूले ५० फिट लामो स्टीलको पुल चोरेका थिए।

दुई वर्षअघि रुसको आर्टिक क्षेत्रमा एउटा प्रयोगविहीन रेल्वेमार्गमा पुलको ७५ फिट लम्बाइ र ५६ टन तौल भएको भाग चोरी भएको थियो।

सन् २०१२ मा चेक रिपब्लिकमा चोरहरूले फर्जी कागजपत्र प्रयोग गरेर साइकलका लागि नयाँ बाटो बनाउने भन्दै पैदलयात्रुले प्रयोग गर्ने पुल चोरी गरेका थिए। बीबीसीबाट साभार