११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

इंग्लिस क्लब चेल्सीविरुद्ध क्वार्टरफाइनलको दोस्रो चरणमा रियल ३–२ ले पराजित भएपनि समग्रमा ५–४ को अग्रतासहित रियल अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा रियलले अवे खेलमा साविक विजेता समेत रहेको चेल्सीलाई ३–१ ले हराएको थियो । जुन खेलमा करिम बेन्जेमाले ह्याट्रिक समेत गरेका थिए ।

गएराति सम्पन्न दोस्रो चरणको खेलमा मासन माउन्टको गोलबाट चेल्सीले १५ औं मिनेटमा खेलमा अग्रता लिएको थियो ।

५१ औं मिनेटमा एन्टोनियो रुडिगरको हेड मार्फत गोल गर्दै चेल्सीको अग्रतालाई दोब्बर बनाए । उक्त गोलले चेल्सी खेलमा ३–३ को बराबरीमा आईपुगेको थियो । टिमो वेर्नरले ७५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई सेमिफाइनलको यात्रातर्फ लगेका थिए ।

३–० ले पछि परेको अवस्थाबाट रोड्रिगोले ८० औं मिनेटमा गोल गर्दै रियललाई खेलमा फर्काएका थिए ।

समग्रमा ४–४ को बराबरीको अवस्थामा इन्जुरी समयमा बेन्जेमाले गोल गरे । थप समयको छैटौं मिनेटमा बेन्जेमाले हेडमार्फत गोल गरेका हुन् । भिनिसियस जुनियरले उपलब्ध गराएको क्रसमा उनले हेड गोल गरे । अन्ततः रियल ५–४ को एग्रिगेटसहित अन्तिम चारमा पुग्यो । बेन्जेमा एकपटक फेरि रियलका लागि नायक बने ।