१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर महानगरमा पछारिए देउवा, कोइराला निकट चापागाईँले मारे बाजि



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस विराटनगर महानगरपालिकामा सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपाने पराजित भएका छन् । नगर सभापतिमा केन्द्रीय सदस्य शेखर कोइराला निकट दीपक चापागाईँले २१२ मत प्राप्त गरी महानगर सभापतिमा बाजी मारेका हुन् ।

न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए भने संस्थापन इत्तर पक्षबाटै सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत ल्याएका थिए ।

महानगर समितिको उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी निर्वाचित भएका छन्। सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन्। 

मोरङमा शनिबार मतदान भएका १६ मध्ये ६ पालिका परिणाम शनिबार साँझ आइसकेको थियो । बेलबारी नगर सभापतिमा छत्र लिम्बु विजयी भएका छन् ।

यस्तै कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् भने कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी भएका छन् ।

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् । धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन् ।​ सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका छन् ।