२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता News Polar कांग्रेस महाधिवेशन: मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्यको मतगणना दिउँसो १ बजेदेखि जारी News Polar सिप्रदी ट्रेडिङद्वारा एक्साइड ब्याट्रीमा ‘महा–एक्सचेन्ज धमाका’ अफर सार्वजनिक News Polar भोटेकोशी बाढीः दसैँ आयो तर आमाबुवा आउनुभएन News Polar नेपाल–इन्डोनेसिया सम्बन्ध थप सुदृढ बनाउने विषयमा परराष्ट्रमन्त्री खनाल र राजदूत लिस्ट्योवतीबीच छलफल News Polar प्रहरी दिवसमा ६१ जनाबाट रक्तदान News Polar इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन : औषधि व्यवस्था विभाग News Polar नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने

कायमै छ धर्मभकारीमा अन्न भर्ने प्रचलन

कायमै छ धर्मभकारीमा अन्न भर्ने प्रचलन
अ अ+ अ-

गलेश्वर । म्याग्दीको ताकम गाउँमा वर्षौँदेखि चल्दै आएका धर्मभकारीमा अन्न भर्ने चलन कायमै छ । प्रविधिको पहुँच र यातायातको सुविधाका कारण कतिपय स्थानीय चलन, सीप र प्रविधि लोप भइरहेका अवस्थामा पनि सो चलन अहिले पनि जीवन्त छ ।  

धवलागिरि गाउँपालिका–७ ताकममा प्राचीन चलनलाई निरन्तरता दिने उद्देश्यले सहकारी संस्था नै गठन गरेर अन्न भकारीमा अन्न भर्ने र सङ्कट परेको व्यक्तिलाई वितरण गर्ने गरिएको छ ।

पहिला–पहिला अतिवृष्टि, अल्पवृष्टि, अनावृष्टि, प्राकृतिक प्रकोपलगायतका समस्या आइपर्दा अन्नको सङ्कट हुन नदिन धेरै ठाउँमा यस्ता  धर्मभकारी स्थापना हुने गरेको बताइएको छ ।  सडकको पहुँच पुगेपछि आयातित खाद्यान्नको उपलब्धताले यी चलन अन्य ठाउँमा हराउँदै गएका छन् । सो गाउँमा प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्थाले साविकको ताकम गाविस–४ मा सञ्चालन गरेको धर्मभकारी अझैसम्म पनि सञ्चालनमा रहेको र यसलाई थप व्यवस्थित गर्दै लैजान थालिएको ताकमका युवा तथा धर्मभकारीका संयोजक गोपाल आचार्यले जानकारीदिनुभयो । 

“पहिला गाउँमा चाडबाडको समयमा चामल नपाइने भएकाले मङ्सिरमा धान उठाएपछि सदस्यसँग सङ्कलन गरेर धर्मभकारीमा राख्ने र चाडबाडको सिजन पारेर भदौ असोजमा आवश्यक पर्ने सदस्यलाई धान उपलब्ध गराउँदै आइन्थ्यो”, उहाँले भन्नुभयो । उहाँका अनुसार अन्न भकारीलाई व्यवस्थित गर्नका लागि झनबहादुर थापा र उहाँकी धर्मपत्नी लाटीदेवी थापाबाट रु पाँच लाख बराबरको जग्गा दानमार्फत प्राप्त भएपछि सोही जग्गामा भवन निर्माण गरेर धर्मभकारी स्थापना गरिएको छ ।

“धर्मभकारी धेरै पहिल्यैबाट सञ्चालित थियो, जग्गा प्राप्त भएपछि त्यसलाई थप व्यवस्थापनका लागि विसं २०६८ मा प्रगतिशील महिला अन्न बचत तथा कृषि सहकारी संस्था स्थापना गरी सहकारीमार्फत सञ्चालन गर्दै आएका छौँ”, प्रगतिशील महिला बचत तथा कृषि सहकारी संस्थाका अध्यक्ष रुक्मिणी पौडेलले भन्नुभयो  । उहाँका अनुसार धर्मभकारीमा अहिले ४५ मुरी धान जम्मा भएको छ । आगामी दिनमा कोदो, मकैलगायतका अन्य अन्न पनि सङ्कलन गर्ने योजनामा सहकारी रहेको छ ।

नब्बे जना सेयर सदस्य रहेको संस्थाले सेयर सदस्यसँग सेयरका रुपमा धान सङ्कलन गर्ने र सङ्कटका समयमा सदस्यलाई नै उपलब्ध गराउँदै आएको छ । संस्थाबाट धान लैजाने सदस्यले मङ्सिरमा ५ पाथीको थप एक पाथीसहित संस्थामा धान बुझाउनु पर्दछ । धान लगेका सदस्यले मङ्सिरमा धान नै उपलब्ध गराउनुपर्छ, धानको सट्टा पैसा दिन पाइँदैन ।

“चाडबाडका समयमा चामल अभाव हुने भएकाले विगतमा यो निकै प्रभावकारी थियो”, संस्थाका सल्लाहकार आचार्यले भन्नुभयो, “पछिल्लो समय पैसा र खाद्यान्नको अभाव हुन छाडेपछि धर्मभकारीको महत्व पनि क्रमशः कम हुँदै गएको छ ।”

पहिले–पहिले सडक आइपुगेको थिएन, चाडबाडको समयमा चामल नपाइने समस्या थियो, त्यतिबेला धर्मभकारी आवश्यक ठानेर स्थानीय अगुवाहरूले यसको सञ्चालन गर्नुभयो, हराउँला कि भन्ने चिन्ता भएपछि सहकारीमार्फत व्यवस्थापन गर्दै आएको स्थानीयवासीको भनाइ छ । गाउँमा चाडबाडका समयमा चामलको समस्या हुन नदिन, महिलालाई सङ्गठित भएर काम गर्न र नेतृत्व विकासका लागि सहयोग पुगोस् भनेर धर्मभकारी सञ्चालन गरिएको र  यसको संरक्षणको जिम्मा महिला सहकारीलाई दिएको संयोजक आचार्यले जानकारी दिनुभयो ।