१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमकोटमा खाद्यान्न छुट



अ+ अ-

हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छुटमा खाद्यान्न बिक्री सुरुआत गरेको छ । कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी रु पाँच छुटमा खाद्यान्न बिक्री गरिरहेको छ । जिल्लामा पहिलोपटक सो पालिकामा दशैँ–तिहारका अवसरमा छुटमा खाद्यान्न बिक्री सुरु गरिएको लिमिटेड सिमकोट शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो 

केन्द्रबाट दुई हजार ३०० क्विन्टल खाद्यान्नमा छुट दिने परिपत्रअनुसार प्रतिक्विन्टल रु ५०० छुटमा बिक्री वितरण गरिएको उहाँले बताउनुभयो । जिल्लामा २५ र ३० केजी बोराका चामल वितरण गरिँदै आएको छ । यसले गर्दा सेवाग्राहीले २५ केजीमा रु १२५ र ३० केजीमा रु १५० छुट पाएका भएका छन् भने एक क्विन्टल खाद्यान्न खरिद गर्दा रु ५०० छुट पाएका हुन् ।

कम्पनीले ३० केजीको खाद्यान्न बिक्री वितरण गरिरहेको छ । यसमा प्रतिबोरामा रु १५० छुट दिइएको छ  । जिल्लामा रहेका अन्य डिपो तथा बिक्री केन्द्रमा भने स्थायी कर्मचारी नभएका कारण छुटको खाद्यान्न बिक्री नगरिएको छैन । ती डिपो तथा बिक्री केन्द्रमा खाद्यान्न हाल नभएको शाखाले जनाएको छ ।

हुम्लाका नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटमा गरी आठवटा डिपो र बिक्री केन्द्र छन् । सदरमुकाम सिमकोटमै रहेको कम्पनीको कार्यालयबाट मात्रै छुटमा बिक्री सुरु गरिएको छ । यस वर्ष छुटमा खाद्यान्न बिक्री हुँदा यहाँका नागरिक खुसी छन् । छुटले धेरै राहत मिलेको स्थानीय कमल भण्डारीले जानकारी दिनुभयो ।

हरेक वर्ष दशैँ–तिहारजस्ता चाडबाडमा कम्पनीबाट सर्वसाधारणलाई छुटमा खाद्यान्न बिक्री गर्न निर्देशन आउने गरे पनि यसअघि कहिल्यै उक्त खाद्यान्न बाँड्ने गरिएको थिएन ।