१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी स्थायी कमिटीको बैठक बस्दै, मन्त्रीबारे छलफल हुने



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठक बस्ने भएको छ ।  पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको बारे छलफल गर्न पार्टीको स्थायी समितीको बैठक बस्ने तयारी छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठक बस्ने कुरा भए पनि अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर मात्रै समय निधारण हुने बताए ।  ‘काम नसकिएकाले आज बैठक बस्ने कुरा त हो, तर समय तय भइसकेको छैन,’ ढकालले भने । पार्टी अध्यक्ष प्रचण्डसँग सल्लाह गरेर बैठकको समय निश्चित गर्ने उनले बताए ।

शनिबारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै प्रवक्ता कृष्णबहादुर महराले आइतबारको बैठकमा मन्त्रीहरुबारे छलफल गर्ने बताएका थिए ।