३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षमानजी गठबन्धन भाड्न क्रियाशिल हुनुभयो: अर्थमन्त्री शर्मा (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा माओवादीका नेता एबं अर्थमन्त्री जनार्दन शर्माले पार्टीका नेता वर्षमान पुन गठबन्धन भाड्न सक्रिय रहेको आरोप लगाउनु भएको छ ।

प्राईम टेलिभिजनको जनता जान्न चाहान्छन् कार्यक्रमलाई दिनु भएको एक अन्तरवार्तामा मन्त्री शर्माले पुन प्रति आरोप लगाउदै भन्नुभयो “वर्षमान पुन र म साथी साथी हौं, सहयोद्धा हौं । उहाँसँग मेरो सम्बन्ध राम्रै छ । तर उहाँ एमालेसँग तालमेलमा जान चाहनुहुन्छ । हामी यही गठबन्धनलाई बलियो बनाउने पक्षमा छौं । यो कुरा उहाँलाई मन परेको छैन । त्यसैले गठबन्धनको विरोध गर्न गभर्नर निलम्बनमार्फत छिर्नुभएको हो ।”

वर्षमान पुनलाई यसबाट कुनै राजनीतिक लाभ नहुने पनि शर्माले दाबी गर्नुभयो । उहाँले भन्नुभयो “वर्षमानले त्यो कुरा व्यक्तिगत र पार्टीगत रुपमा भन्नुभएको छैन, पत्रिकामार्फत भन्नुभएको छ । यो उहाँको बुझाइको समस्या हो । उहाँले आफूलाई राजनीतिक फाइदा हुन्छ भनेर निलम्बनको आलोचना गर्नुभएको होला । तर उहाँलाई केही पनि फाइदा हुँदैन ।”

आफूले पुनलाई महासचिब बन्न नरोकेको दाबी गर्दे उहाँले भन्नुभयो “मैले उहाँलाई महासचिव हुनोस् भनेको हुँ । मैले रोकेर उहाँ महासचिव हुन नपाउने हो र रु महासचिव को बन्ने भन्ने कुरा रहर गरेर मात्र हुँदैन । यसको निश्चित विधि र प्रक्रिया हुन्छ । कार्यकर्ताको चाहना पनि हो ।”