१८ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने नख्खुका बाढी पीडितलाई स्थानीयको ढाडस: दैनिक तीन सयलाई खाना खुवाउँछन् काभ्रेका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई काठमाडौँ महानगरपालिकाको २०/२० लाख रुपैयाँ सहयोग सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह शरीरमा देखिने यी ६ संकेतले संकेत गर्छ कि तपाईले धेरै चिनी खाइरहनुभएको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनजाति महासंघका पूर्वअध्यक्ष लेखी एमालेमा प्रवेश गर्ने



अ+ अ-

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी नेकपा (एमाले) मा प्रवेश गर्ने भएका छन् । विभिन्न मधेवादी दलमा सक्रिय भएका लेखी गोदावरीमा जारी एमालेको विधान महाधिवेशअन्तर्गत आइतबारलाई तोकिएको पार्टी प्रवेश कार्यक्रमबाट आज एमालेमा प्रवेश गर्ने भएका हुन् । 

लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । उनले आफ्नो नेतृत्वमा नागरिक समाजवादी पार्टी खोलेका थिए । उक्त पार्टी पछि राजेन्द्र महतोको सद्‍भावना पार्टीमा एकीकृत भएको थियो । एकीकरण भएको पार्टी फेरि राष्ट्रिय जनता पार्टी बन्यो । 

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी हुन पुग्यो । उक्त पार्टी पुनः विभाजनपछि लोकतान्त्रिक समाजवादी पार्टी बन्न गयो । लेखीले बिहीबार मात्रै नयाँ राजनीतिक यात्रा थाल्ने भन्दै लोकतान्त्रिक समाजवादी पार्टी छाडेका थिए ।

एमाले सचिव प्रदीप ज्ञवालीले महाधिवेशनको दोस्रो दिन शनिबारको बन्द सत्रमा आइतबार खुसीको कुरा देख्न पाइने बताएका थिए ।