१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखाको आठ विद्यालयलाई एक्काइस सय झोला सहयोग



अ+ अ-

काठमाडौँ । एसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण  गरेको छ ।

बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी,  क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङ्गलाई प्रदान गरिएको हो ।

उक्त विद्यालयका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण भएको हो । उहाँले उक्त विद्यालयका लागि झोला लगेर वितरण गर्नुहुने बताइएको छ ।

राप्रका पूर्वअध्यक्ष राणाले फाउन्डेशनले शिक्षा र विद्यालयमा पढ्ने बालबालिकाका लागि स्कुल झोला वितरण गरेर राम्रो सहयोग गरेको र आगामी दिनमा  यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ कलाकार  मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ । फाउन्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । यसअघि एसएस फाउन्डेशनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित  झिमे मालिका विद्यालयलाई पनि ८०० झोला वितरण गरेको थियो ।