१९ मंसिर २०८२, शुक्रबार
,
Latest
स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेएनयूमा रामनवमी पूजा र मांसाहारी खानालाई लिएर झडप



अ+ अ-

नयाँ दिल्ली । आइतबार साँझ जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी सङ्गठन आइसा र हिन्दू विद्यार्थी सङ्गठन एबीभीपीले एकअर्कामाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

विद्यार्थी सङ्गठनहरूबीचको यो झगडा मुख्यतः विश्वविद्यालयको मेसमा मांसाहारी खानालाई लिएर भएको हो ।

एबीभीपी कार्यकर्ताहरूले विश्वविद्यालयको कावेरी छात्रावासको मेसमा मांसाहारी खानाको विरोध गरेको वाम विद्यार्थी सङ्गठनहरूले आरोप लगाएका छन्।

तर अखिल भारतीय विद्यार्थी परिषदले रामनवमीको पूजा गरिरहेका विद्यार्थीहरूमाथि वामपन्थी विद्यार्थीहरूले आक्रमण गरेको बताएका छन्।

अर्कोतर्फ वाम विद्यार्थी सङ्गठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएशन (एआईएसए) ले एउटा ट्विटमा एबीभीपी कार्यकर्ताहरूले आक्रमण गरेको दाबी गर्दै धेरै विद्यार्थीहरू घाइते भएको जनाएको छ ।

विद्यार्थीबीच झडप भएपछि प्रहरी पनि पुगेको थियो । विद्यार्थी सङ्गठनहरुले प्रहरीमा उजुरी गरेको बताएका छन् ।