५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नुपर्ने (भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने बताउनु भएको छ ।

सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताउनु भएको हो । उहाँले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताउनु भयो ।

तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गर्नु भयो । उहाँले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताउनु भयो । नेपालको गरिवीनिवारण तथा वित्तीय पँहुच भन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गर्नु भयो ।

उहाँले भन्नुभयो,‘ समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसख्याको १८ प्रतिशत हिसा अझै पनि गरिवीको रेखा मुनी रहेको छ । अझै पनि २० प्रतिशत जनसख्याको हिसा औपचारिक वित्तीय पँहुच भन्दा बाहिर रहेको स्थितिमा लघुवित वित्तीय संस्थाहरुले गरिवी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ ।

लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मदत गदै आएको छ । लघुवितले वित्तीय पँहुचबाट बन्चित भएका समुदायलाई वित्तीय पँहुच पु¥याएर स्वरोजगार बनाएको छ । अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित संस्थाहरुमा पनि तरलताको चाप परेको छ । ब्याजदरको समेत समस्या रहेको छ । अहिले लुघुवितले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको छ । सधैभरी सहज परिस्थिती हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।’

का।मु गभर्नर ढुङगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसख्याको १८ प्रतिशत हिसा गरिवीको रेखा मुनी रहेको बताउनु भयो । उहाँले लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।