२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगन्जको बागेश्वरी मन्दिरमा जिब्रो छेडेर पुजा (फाेटाे फिचर)



अ+ अ-

नेपालगन्ज । आफ्नो भाकल पुरा भएपछि वा आफूमा दैबीशक्तिको प्रभाव संचितगर्ने उद्देश्यले नेपालगञ्जको बागेश्वरी मन्दिरमा चैते दशै र बडा दशैको नवमीको दिनमा यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेड्ने देविकोल पुजागर्ने परम्परा चलिआएको छ ।

दशैं वा चैते दशैं सुरु हुने दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीमातालाई जिब्रो छेडेर रगत चढाउने चलन परापूर्वकालदेखि नै चलिआएको सानै उमेर देखि जिब्रो छेडेर पुजागर्दै आएका डुडुवा गाउँपालिका वडा नंं. ६ हिरिमिनिया बस्ने बर्मा लोनियाले बताए ।

कुनै काम पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि जिब्रो छेड्ने चलन छ । तर, भाकल सामाजिक भलो हुने तथा सकारात्मक कुराहरुको हुनु प-यो अरुलाई हानीहुने खालको भाकलभने पुरा हुनै सक्दैनन । त्यसैले जिब्रो छेडेर पुजागर्दै आइरहेको भारत बाबागञ्ज बस्ने ओम प्रकाश यादवले बताए ।

बाँके खजुरा गाउपालिका–८ का ६५ वर्षिय रामखेलावन अहिरले ५० पटक भन्दा बढी आफ्नो जीवनकालमा जिब्रो छेडेर बागश्वरी मन्दिरको परिक्रमा गरेको बताए । सानै उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । अहिलेसम्म ५० पटक भन्दा बढी भयो होला । उनले यसरी देबीको दर्शन गर्दा आफूलाई शक्ति प्राप्त भएको महशुस हुने बताए । पानको पात र फलामको तिखो त्रिशुलले जिब्रो छेडेर त्यसैमा भएको पानको पात चबाउँदा त्यसले इन्फेक्सन नहुने साथै दुखाई पनि कम हुने उनले बताए ।

बाँके डुडुवका–६ हिरमिनियाँकै २० वर्षिय सियाराम लोनियाले ७ पटक, भारत बाबागन्जका २७ वर्षिय ओम प्रकाश यादवले २० पटक जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरेको बताए ।