२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई सभामुखको आग्रहः ‘उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुहोस्’



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गर्नु भएको छ ।

सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पार्नु भयो । नेपाल चेम्बर कमर्शले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सबैलाई अभिभावकत्व दिने हो भने देशभक्तिको भावनामा सबैमा पलाउने र मुलुक समृद्ध हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

सभामुख सापकोटाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न पनि सबैलाई आह्वान गर्नु भयो । निष्ठापूर्वक सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे मुलुकले हरेक क्षेत्रमा सफलता प्राप्त गर्ने उहाँको भनाई थियो । सभामुख सापकोटाले भन्नु भयो, ‘संसारमा कुनै पनि राज्य व्यवसायबाट नष्ट भएको छैन । यो उन्नति र प्रगतिमा मात्रै जान्छ । त्यसकारण व्यवसायी, उद्यमीहरु, चेम्वर अफ कमर्शजस्ता संस्थाहरुलाई जति प्रोत्साहित गर्न सक्यो, कहीँकतै नियमन पनि गर्नु पर्ला । हामी अभिभावकको जिम्मेवारीमा छौं भनेर सबैले अभिभावकको जिम्मेवारीको उचाईमा पुगेर सबैलाई अभिभावकत्व प्रदान गर्ने हो भने विस्तारै राष्ट्रप्रति सबैको भक्तिको भावना प्रज्वलित हुन्छ । देशभक्ति धेरै ठूलो कुरा हो । हामी जहाँ छौ, जुन जिम्मेवारीमा छौं । देशलाई केन्द्र राखेर सोच्यौ भने जसले जहाँ काम गरिराखेको छ, त्यहाँ इमान्दारितापूर्वक काम गर्ने हो भने देश छिट्टै समृद्ध हुन्छ । हामी सबैले देशलाई निष्ठापूर्वक केन्द्रमा राखेर काम गर्नेछौं । यसो ग¥यौ भने हामीले सफलता प्राप्त गर्नेछौं ।’

कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुलुकको अर्थतन्त्र बाहिर छापामा आएजस्तो डरलाग्ने नभएको स्पष्ट पार्नु भयो । उहाँले मुलुकको अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाई त्यसमा सफलता हात पार्न सक्षम हुनेछौं भन्ने मान्यताका आधारमा काम गर्नुपर्ने आवश्यक्ता पनि औल्याउनु भयो । मुख्यसचिव बैरागीले भन्नुभयो, ‘मुलुकको आर्थिक अवस्था बाहिर छापामा आएजस्तो डरलाग्दो होइन । हामीले यस्तो गलत सन्देश पटकै दिन हुँदैन । हामी अर्थतन्त्रलाई नयाँ ढंगले अघि बढाउन सक्षम छौं भन्ने विश्वासका साथ काम गर्नुपर्छ । त्यसका लागि आयातमा हाल देखिएको संकट समाधान गर्दै जाने र मुलुकमा पर्यटक भित्र्याउने खालका कामलाई तीव्रता दिनुपर्छ ।’

मुख्य सचिव बैरागीले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरकारले ऊर्जा क्षेत्रको विकास, पर्यटन क्षेत्रको विकासमा बढि जोड दिएको पनि स्मरण गराउनु भयो ।