२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीले गभर्नरलाई सचिव र सहसचिवझैँ चलाउन खोजेको उपाध्यक्ष पौडेलको आरोप



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्रीले सचिव र सहसचिव झैँ चलाउन खोजेको आरोप लगाउनुभएको छ ।

‘मुलुकका आर्थिक अवस्थाका सम्बन्धमा’ नेकपा एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पौडेलले अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि धावा बोलेर राष्ट्र बैंकलाई मन्त्रालयको अधीनको अङ्गका रुपमा व्यवहार गरेको बताउनुभयो ।

सरकारले केन्द्रीय बैंकलाई मौद्रिक नीति ल्याउन र आवश्यकताअनुसार परिमार्जन गर्न पनि रोक लगाएको उहाँको भनाइ थियो । उहाँले राष्ट्र बैंकमाथि हस्तक्षेप गरेकै कारण अहिले मुलुकको आर्थिक अवस्था कमजोर भएको बताउनुभयो ।

उपाध्यक्ष पौडेलले अर्थतन्त्रको कमजोर अवस्थामा सार्थक हस्तक्षेप नगर्ने हो भने नेपाल चाँडै श्रीलङ्काको अवस्थामा पुग्ने चेतावनी दिनुभयो ।