८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीर–आलियाको बिहेको तयारी सुरु, आरके हाउस सजाउन थालियो



अ+ अ-

मुम्बई । आलिया भट्ट र रणबीर कपूर विवाह गर्न लागेको अभिनेत्रीका काका मुकेश भट्ट र भाइ राहुल भट्टले पुष्टि गरेका छन्।

यसैबीच रणवीरकी आमा नीतु कपूरले पनि केही भन्न हिचकिचाइरहेकी छिन् । तर आलिया र रणबीरको बिवाह हुने ठाउँको भिडियो सार्वजनिक भएको छ ।

बिहेको मितिमा अन्योलता रहे पनि यो जोडीले १४ वा १७ अप्रिलमा सात फेरा लिन सक्ने बताइएको छ ।

विवाहको तयारी तीव्ररुपमा भइरहेको छ । विवाहको लागि पाहुनाहरूलाई निम्तो पठाइएको छ। योसँगै रणवीर कपूरको पुर्ख्यौली घर आरके हाउसलाई पनि सजाउने काम सुरु भएको छ ।

घर सजाउँदै गरेको एक भिडियो सार्वजनिक भएको छ जसमा जसमा आरके हाउसमा डेकोरेशनको काम भइरहेको छ । हाउसको चारैतिर तार टाँगिएको छ। यो हाउसको झिलीमिली रातको उज्यालोमा हेर्नका लागि एक दृश्य हुनेछ।

अर्कोतर्फ आलिया भट्टका सौतेनी भाइ राहुलले भर्खरै विवाहको पुष्टि गर्दै रणवीर र आलियाले विवाह गर्ने बताएका छन्। उनले बिहेको निम्तो पनि पाएका छन् ।

राहुलले विवाहको हरेक संस्कारमा सहभागी हुने बताएका थिए । उनी जिम इन्स्ट्रक्टर भएकाले विवाहमा बाउन्सरको रुपमा उपस्थित हुनेछन् ।

अर्कोतर्फ रणवीर–आलियाको विवाहको बारेमा सोध्दा नीतु कपूरले एक अन्तर्वार्तामा भनिन्, “म विवाह हुन्छ भन्ने आशा गर्छु। मलाई केही थाहा छैन। म सेलिब्रेट गर्न र चिच्याउन चाहन्छु, तर आजकालका केटाकेटीहरु धेरै नै फरक छन्। दुवै धेरै निजी व्यक्ति हुन्। थाहा छैन यो कहिले पूरा हुन्छ, तर यो अवश्य हुनेछ। आशा छ यो छिट्टै हुन्छ किनकि म उनीहरु दुवैलाई माया गर्छु। आलिया निकै प्यारी छिन् । मलाई उनी धेरै मन पर्छ। आलिया र रणवीर एक अर्काका लागि बनेका हुन् । दुवैमा धेरै समानता छ। रणवीरको मन सफा छ । उनीमा कुनै विकार छैन। कसैको लागि ईर्ष्या वा नकारात्मकता छैन। म आलियामा यही गुण देख्छु। उनीहरु दुवैमा अचम्मको विश्वास छ र उनीहरु कसैको बारेमा गलत बोल्दैनन् ।”

योसँगै रणवीर र आलियाको अप्रिल १४ मा मेहन्दी र त्यसपछि सङ्गीत समारोह हुने बताइएको छ । तर अहिलेसम्म कुनै पनि कार्यक्रमका बारेमा ठोस जानकारी बाहिर आएको छैन। नवभारत टाइम्सको सहयोगमा