१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेतः काँग्रेस प्रवक्ता महत (भिडियोसहित)

स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेतः काँग्रेस प्रवक्ता महत (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गर्नु भएको छ ।

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताउनु भएको हो । बुधबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै उहाँले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गर्नु भयो । तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भईनसकेको उहाँको स्पष्टिकरण छ ।

प्रवक्ता महतले आवश्यक्ताको सिद्धान्त र आ–आफ्नै फाईदाको सिद्धान्त अनुसार स्थानीय तहको निर्वाचनमा दलहरु जुटनुपर्ने अवस्था रहेको दोहोर्याउनु भयो । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सरकार अघि बढिसकेको बताउनु भयो । प्रवक्ता महतले भन्नु भयो, ‘गठबन्धनमा एमसीसीको विषयलाई लिएर जुन संकट आएको थियो । त्यसमा समझदारी विकसित भईसकेपछि यो संकट टरेको छ । र, त्यो अव स्वभाविक रुपमा यो गठबन्धन अगाडि बढछ । अव बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । ३० गते नै त्यो सम्पन्न हुन्छ । त्यसमा कुनै दुविधा छैन ।

यो निर्वाचन गठबन्धनकै नेतृत्वमा अगाडि बढछ । जहाँसम्म गठबन्धन सरकारमा बसेका दलहरुले यो निर्वाचन पनि गठबन्धन गरेर जान्छ कि जाँदैन भन्ने विषय छ । अव स्थानीय निकायको निर्वाचन अलि ठूलो संख्यामा हुने र हाम्रो पद्धति पनि । स्थानीय तहको आफ्नै विशिष्ट परिवेश र परिस्थिति पनि छ । त्यसले गर्दा यो केन्द्रिय नेतृत्वले नै सम्पूर्ण कुरा बाँडफाँड गर्ने भन्ने त्यो अव्यवहारिक हुन्छ । र, विधानतः पनि त्यो सम्भव हुँदैन । त्यसकारण स्थानीय आवश्यक्ताहरुलाई ध्यानमा राखेर पनि कतिपय ठाउँमा समझदारीहरु पनि हुन सक्दछ । कतिपय ठाउँहरुमा दलहरुले आफ्नो ढंगले गर्ने अवस्था पनि छ । तर समग्रमा अहिले गठबन्धनमै जाने वा नजाने भन्ने विषयमा छलफल भईसकेको अवस्था छैन । आवश्यक्ताको सिद्धान्त र पार्टीलाई यसले कतिको फाईदा गर्छ भन्ने सिद्धान्तमा यो सम्पूर्ण कुरा निर्भर गर्छ । र, गठबन्धनमा सम्मिलित हरेक दलहरुले दलभित्र यसको मूल्यांकन गर्लान र एउटा निचोडमा पुग्लान ।’

प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताउनु भयो । उहाँले सभामुख अग्नीप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधिन मुद्धा भएकाले त्यसलाई छाडेर एमालेले संसद सूचारु गराउन पुनर्विचार गर्नुपर्ने धारणा समेत राख्नु भयो । चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतीमा ल्याएर संसद सुचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उहाँको तर्क थियो । 

प्रवक्ता महतले भन्नु भयो, ‘विपक्ष दलसँग हामीले निरन्तर संवाद पनि गरिराखेका छौं । यो एमसीसीका सन्दर्भमा पनि हामीले संसदमै सक्रिय सहभागिता भएर यसको समर्थन गरौं । र, अरु तपाईहरुको चासो र चिन्ताको विषयमा पनि आफ्नो कुरा संसदमै राख्न सक्नु हुन्छ भनेको हो । अव त्यो समझदारी त्यतिखेर बन्न सकेन । तर मलाई लाग्छ–आगामी दिनमा उहाँहरुले पनि पुनर्विचार गर्नुहोला । १४ सांसदको विषय उहाँहरुले उठाईरहनु भएको छ । त्यो अव अदालतमा विचाराधिन विषय छ । हामीले निर्णय गरेर केही हुने अवस्था पनि छैन । त्यसो हुनाले अव सभामुखको विषयमा पनि फेरी त्यसैसँग जोडिएको विषय हो । त्यो हुनाले मलाई लाग्दछ–एमाले दलले पनि यसमा पुनर्विचार गर्ला । हामी निरन्तरको कोसिसमा छौं ।

अव संसदमै सहभागी भएर जो आफ्नो भनाईहरु छ । जो चासो, चिन्ता वा कुनै पनि मुद्धा छ । यी विषयमा यहाँनै छलफल गरौं । र, त्यहाँको निष्कर्षलाई स्विकार गरौं भन्ने हाम्रो भनाई हो । र, यो अवश्य पनि बजेट अधिवेशनमा त सम्पूर्ण दलहरु खासगरी विपक्ष दलहरुको अनिवार्य सक्रिय सहभागिताबाट नै यो बजेट अगाडि जाने र यसलाई सम्पन्न गर्ने, यसलाई टुंगो लगाउने कुरा नै हुनुपर्छ भन्ने हाम्रो काँग्रेसको भनाई छ । र, त्यही अनुसार हामी उहाँहरुलाई सहमतीमा ल्याउनका लागि हाम्रो पार्टीले, प्रधानमन्त्रीले, हाम्रो दलले त्यो कोसिस जारी राख्छ ।’ प्रवक्ता महतले एमालेलाई सहमतीमा ल्याएर संसद सूचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संवादलाई निरन्तरता दिने बताउनु भयो ।