• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु



काठमाडौं । वर्षा र सहकालका देवता मानिएका सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिएको छ । रथयात्रा सुरु गर्नुअगि केलटोलबाट मच्छिन्द्रनाथलाई खटमा राखी ल्याउने चलन छ ।

यसरी ल्याइएको मच्छिन्द्रनाथलाई दरबारमार्गस्थित तीनधारा पाठशाला अगाडी बनाइएको रथमा रथारोहण गराइन्छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीको दिनबाट रथयात्रा शुरु गरिन्छ ।

काठमाडौँको पुरानो बस्ति भएको शहरको भित्री भाग हुँदै चल्ने यो रथयात्रा तीन दिनसम्म चलाउने गरिन्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

आज पहिलो दिन सेतो मच्छिन्द्रनाथलाई जमलबाट असनसम्म पु-याइन्छ । अर्को दिन असनबाट हनुमान ढोका अगाडिसम्म र त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन मच्छिन्द्रनाथको रथ तानेर हनुमान ढोकाबाट लगनसम्म लैजाने चलन छ ।

रथ लगनमा पुगेपछि त्यहाँ रहेको मच्छिन्द्रनाथकी आमाको मन्दिर र मां सीमा नामक रुखलाई तीनपटक परिक्रमा गराई जात्राको समापन गरिन्छ ।

मच्छिन्द्रनाथको रथ लगन टोलमा रथ पुगे पछि जीवित देवी कुमारीलाई सानो खटमा राखी बोकेर बाजा बजाउँदै ल्याई लगन चोकमा जात्रा देखाउने चलन छ ।