• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डेढ अर्ब ठगी आरोप लागेका लामाले पत्रकारलाई भने, ‘राम्रोसँग फोटो खिच्नुहोस्’ ★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप

थप १३ मा सङ्क्रमण पुष्टि



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार १५५ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५६८ पुगेको छ ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४९ रहेको छ । पछिल्लो समय थप ४४ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६५ हजार ९८० पुगेको छ । यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । सङ्क्रमणबाट हुने मृत्युदर १।२ प्रतिशत रहेको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३७ रहेको छ । अहिले होमआइसोलेशनमा ६१३ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा २४ आइसीयूमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।